आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

Share this news

ओपनएआई द्वारा विकसित च्याटजीपीटी आधुनिक युगको सबैभन्दा रूपान्तरणकारी आर्टिफिशियल इण्टेलिजेन्स (एआई) उपकरणहरूमध्ये एक हो। यो लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) भनिने मसिन लर्निङ मोडलमा आधारित छ। उपलब्ध गराइएका प्रम्ट अर्थात निर्देशअनुसार यस मोडलले मानवजस्तै भाषा बुझ्न र सिर्जना गर्न सक्ने क्षमता राख्छ।
च्याटजीपीटी जीपीटी परिवारको हिस्सा हो जसको आरम्भ जीपीटी-1 देखि भएको थियो। तर पछि क्रमशः जीपीटी-2, जीपीटी-3, जीपीटी-3.5 हुँदै जीपीटी-4 सम्म विकास गरिएको च। जीपीटी-4 ले धेरै भाषा सम्बन्धी कार्यहरूमा मानवजस्तै प्रदर्शन देखाएको छ। यसलाई पुस्तक, लेख, वेबसाइट अनि इण्टरनेटमा उपलब्ध पाठहरूमार्फत तालिम दिइएको थियो।
च्याटजीपीटीले तालिममा सिकेका ढाँचाहरूको आधारमा उत्तर दिन्छ। यसले मानव जस्तो ज्ञान राख्दैन तर समग्र इण्टरनेटमा उपलब्ध जानकारी प्राप्त गर्न र मिलाएर प्रस्तुत गर्न सक्षम छ।
नोभेम्बर 2022 मा सार्वजनिक भएपछि च्याटजीपीटी तुरुन्तै लोकप्रिय बन्दै गएको हो।
आज संसारका लाखौँ प्रयोगकर्ताहरूले विभिन्न उद्देश्यका लागि यसको प्रयोग गर्छन्। जस्तै वेबसाइट, ग्राहक सेवा, लेखन सहायक, शैक्षिक सामग्री कार्यमा यसको प्रयोग बढ्दो छ। विद्यार्थी, अनुसन्धानकर्ता, लेखक, व्यावसायिकहरू सबैले यसलाई आ-आफ्नै आवश्यकता अनुरूप प्रयोग गर्छन्। च्याटजीपीटीले प्रश्नको उत्तर दिन, निबन्ध लेख्न, कविता सिर्जना गर्न, अवधारणाहरू स्पष्ट पार्न, भाषा अनुवाद गर्न, कोडिङ लेख्न साथै डिबग गर्न सक्छ। डेभलपरहरूले यसलाई कोड लेख्न र जटिल एल्गोरिदम बुझ्न प्रयोग गर्छन्। लेखकहरूले विचारबारे बुझ्न, सम्वाद लेख्न, लेख सम्पादन गर्न जस्ता कार्यमा प्रयोग गर्छन्। शिक्षकहरूले पाठ योजना, प्रश्नोत्तर, अध्ययन सामग्री बनाउन र विद्यार्थीहरूले गृहकार्य, सारांश तथा गाह्रो विषय बुझ्न प्रयोग गर्छन्।

ओपनएआई-ले च्याटजीपीटीमा प्रयोगकर्ताको प्राथमिकता सम्झने मेमोरी सुविधा पनि थपेको छ जसले निजीकृत उत्तरहरू दिन अझ प्रभावकारी बनाउँछ। यसले औपचारिक वा सरल भाषा, बालमैत्री शैली वा प्रविधिक विवरणमा पनि लेख्न सक्छ। यद्यपि, च्याटजीपीटीमा केही सीमाहरू पनि छन्। कहिलेकाहीँ गलत वा भ्रामक जानकारी दिन सक्छ जसलाई हेलुशिनेशन भनिन्छ।
अस्पष्ट प्रम्ट अथवा निर्देश दिँदा दोहोरिएका वा सामान्यीकृत उत्तरहरू आउन सक्छन्।
यसमा विश्वास, भावना वा चेतना हुँदैन। तालिममा सिकाइएको सम्भावनाको आधारमा उत्तरहरू सबै आधारित हुन्छन्।
यथार्थ जानकारीका लागि स्रोतहरूको पुष्टि गर्नु आवश्यक छ। ओपनएआई-ले उत्तरको शुद्धता सुधार गर्ने प्रयास गरिरहेको भए पनि पूर्ण त्रुटिरहित उत्तर अहिलेसम्म सम्भव भएको छैन।
पक्षपात पनि आर्टिफिशियल इण्टेलिजेन्समा एक चिन्ता विषय हो किनभने इण्टरनेटबाट सिक्दा त्यहाँ पाइने पक्षपाती विषयहरू मात्र समावेश हुन सक्छन्। यद्यपि ओपनएआई निरन्तर हानिकारक, आपत्तिजनक वा अन्यायपूर्ण परिणाम न्यूनीकरण गर्ने प्रयासरत छ।
च्याटजीपीटीको दुरुपयोग पनि सम्भव छ। जस्तै स्पाम, भ्रामक जानकारी वा गम्भीर किसिमको नक्कल सामग्री सिर्जनामा यसको प्रयोग हुन सक्छ। त्यसका लागि ओपनएआई-ले सुरक्षा फिल्टर, कण्टेण्ट मोडरेशन र प्रयोगका नियमहरू कार्यान्वयन गरेको छ।
शिक्षामा यसको प्रयोगबारे बहस चलिरहेको छ। कतिले यसलाई उपयोगी शैक्षिक साधन मान्छन् भने कतिले यसको कारण नक्कलीपनको डर उत्पन्न भएको बताउँछन्। यसलाई शिक्षामा प्रतिस्थापनको साटो पूरकका रूपमा प्रयोग गर्ने ओपनएआई-को सुझाउ छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ