गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

Share this news

खरसाङ, 29 जून (निसं)ः गोर्खा राष्ट्रिय नारी संगठन खरसाङ ब्राञ्च कमिटीद्वारा गोर्खाहरुको मौलिक सांस्कृतिक पर्व असार पन्ध्र खरसाङ बजारस्थित वर्द्धवान रोडमा रहेको पार्टी कार्यालयमा एक विशेष कार्यक्रमसहित मनाइएको छ। यसबारे जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले बताएका छन्, असार पन्ध्रको कार्यक्रम गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समितिकी अध्यक्ष शान्ती लामाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, केन्द्रीय समिति सदस्य पारस गुरुङ, प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, खर्साङ शहर समष्टिका अध्यक्ष ञ्ज छेत्री, गोरानासं प्रतिनिधिहरू अनि खरसाङ ब्राञ्च कमिटीका सम्पूर्ण सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गोरानासं खरसाङ ब्राञ्च कमिटी सचिवा कमला राईले आफ्नो मन्तव्य राख्दै भनिन्, आज हामीले गोरामुमोका संस्थापक अध्यक्ष  सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन गरी, दहीचिउराको टीका लगाई, दही चिउरा खाएर असार पन्ध्र पर्व उल्लासपूर्वक मनाएका छौ हामी जनजाति समुदायका भएकाले आफ्नो मौलिक संस्कृति पर्व र परम्पराको संरक्षण गर्ने हाम्रो दायित्व हो, यही भावनासहित गोरामुमोले यस पर्वलाई निरन्तर पालन गर्दै आएको हो। राईले थप जानकारी गराउँदै भनिन्, गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको मार्गदर्शन अनुसार यस पर्वलाई संरक्षण गर्दै आएकौँ र हाल अध्यक्ष मन घिसिङको नेतृत्वमा पनि प्रत्येक वर्ष यस पर्वलाई निरन्तर रुपमा पालन गर्दै आएक छौँ। असार १५ देशभर विभिन्न तरिकाले मनाइन्छ तर गोर्खा समुदायमा दहीचिउरा खाएर यस पर्व मनाउने विशेष परम्परा छ। यो पर्व केवल सांस्कृतिक मात्र नभई किसानहरूको सम्मानको प्रतीक पनि हो। कमला राईलेअघि भनिन्, आजको दिन दहीचिउरा खाँदै किसानहरू नाचगान गर्दै रोपाइमा रमाउँछन्। किसानहरूलाई प्रोत्साहन दिन र हाम्रो संस्कृति बचाउन हामी सबैले असार १५ को महत्वलाई बुझ्नुपर्छ। यो पर्व गोर्खा समाजको गौरवशाली परम्परा हो, जसलाई संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो। गोर्खा राष्ट्रिय नारी संगठनको तर्फबाट सम्पूर्णमा असार पन्ध्रको शुभकामना व्यक्त गर्दछु।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ