दुई सवारीसाधनमाथि पेन्ट रिमुभर आक्रमण

Share this news

क्षेत्रमा बैठक, दोषी पक्राउको माग

३३ नम्बर समष्टि, पुर्बुङ बस्तीमा गत बुधबार राति पुर्बुङ बस्तीमा दुई स्थानीय नागरिकहरूको सवारीसाधनमाथि अज्ञात व्यक्तिहरूद्वारा भएको आक्रमणपछि घटनाले क्षेत्रमा सनसनी मच्चिन पुगेको छ। स्थानीय नरबट राणा र प्रशान्त तामाङको निजी गाडीहरूमा कुतत्वहरूले पेन्ट रिमुभर छ्यापेर सवारीसाधनलाई क्षति पुर्‍याएका छन्।

घटनापछि क्षेत्रवासीहरूले आपत्ति जनाउँदै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्। घटनाको विवरण अनुसार, रातिको समयमा केही अज्ञात व्यक्ति आएको र राणा तथा तामाङको पार्किङमा रहेको गाडीमा पेन्ट रिमुभर फालेर भागेको जनाइएको छ। यसले गाडीको रंग र बडिमामा क्षति पुर्‍याएको छ।

स्थानीयहरूका अनुसार, यो कुनै व्यक्तिगत रिसइवी वा नियोजित दुष्कर्म हुन सक्ने सम्भावना छ। यसअघि पनि सोही क्षेत्रमा चोरी र अव्यवस्थित गतिविधिहरू भएका थिए। यो पछिल्लो घटनाले स्थानीयको चिन्ता थप बढाएको छ।

यस घटनापछि शुक्रबार पुर्बुङको एसएसके भवनमा आपतकालीन बैठक डाकिएको थियो। बैठकमा पञ्चायत सदस्य ओङदेन लेप्चा, पीड़ित नरबट राणा, प्रशान्त तामाङ, चालक संगठनका सदस्यहरू तथा बस्तीका धेरै बासिन्दाहरूको सहभागिता रहेको थियो।

बैठकमा दोषीलाई चाँडै पत्ता लगाई कानूनी कारबाही गर्न दबाब दिने निर्णय गरिएको छ। मास पिटिसन संकलन गरि निकट पुलिस चौकीमा बुझाउने र नियमित गस्ती लगाइदिन समेत माग गरिएको छ।

पत्रकारहरूसँग कुरा गर्दै नरबट राणाले भने, “मात्र मेरो गाडीमा यस्तो भएको होइन, यो घटना अरू कसैसँग पनि हुन सक्छ। हामी सबै मिलेर यस्ता कुकृत्यलाई जरा सम्म नष्ट गर्नुपर्छ। उक्त विषयमा कालेबुङ थानामा एफआइआर दर्ता गरेको जनाउँदै भने, म प्रहरी प्रशासनसँग यस्ता कुतत्वहरूलाई तुरुन्त पक्राउ गरी कडा सजाय दिन अनुरोध गर्दछु।”

पञ्चायत सदस्य ओङदेन लेप्चाले बैठकको निष्कर्ष सुनाउँदै बस्तीका सबै नागरिकलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त खबर गर्न आग्रह गरे। उनले भने, “अब हामीले सजगता र एकताका साथ काम गर्नु पर्छ। अपराधी जो भए पनि उन्मुक्ति पाउनु हुँदैन।”

घटनाको अनुसन्धान स्थानीय पुलिसद्वारा शुरू गरिएको छ। प्रारम्भिक विवरण संकलन भइसकेको र दोषी पहिचानको प्रयास भइरहेको जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ