नाट्य कर्मी प्राज्ञ डा. पुरु लम्सालसित भेटघाट

चम्पासरी नेपाली साहित्य परिषदले काठमाडौं प्रज्ञा प्रतिष्ठान सदस्य एवं नाट्य कर्मी डा. पुरु लम्सालसित साहित्य परिषदका सदस्यावर्गसित सौहार्दपूर्ण भेटघाट कार्यक्रमको आयोजना परिषदको कार्यालय बाबुवासा, मिलन मोडछेउमा गरेको थियो। यसै अवसरमा उनको आतिथ्यमा परिषदको मासिक कार्यक्रम पनि आयोजन गरियो। कार्यक्रममाअतिथिको बाहुलीबाट सरस्वती माताको फोटोमा माल्य अर्पण एवं दीप प्रज्ज्वलन गरी सरस्वती वन्दना गरियो। कार्यक्रमको अध्यक्षता परिषदकै प्रमुख सुषमा गुरुङले गरेकी थिइन्। आजको कार्यक्रममा गणेश शर्मा र मुना ब्राम्हणले खुबै राम्रो कविता पठन गरेका थिए। यसका साथै प्रमुख अतिथिद्वारा साहित्य अनि नाटकमाथि आफ्नो गहन बिचार व्यक्त गरेका थिए। आजको कार्यक्रम सौहार्दपूर्ण रहेको थियो। जसमा गणेश शर्मा, डा. सुकराज दियाली, मुना बराल, रत्ना चम्लागाईं, पवन निरौला, लीला छेत्री, मैतराज राणा, मीनु तामाङ, राहुल राई बोगिको, दिवाकर शर्मा ढुङेगोलको उपस्थिति थियो। उक्त कार्यक्रम पवन निरौलाद्वारा सञ्चालन गरिएको थियो भने लीला छेत्रीद्वारा धन्यबाद ज्ञापन गरिएको थियो।

Dr. Meeting with Puru Lamsal

Leave a Reply