workshops and awareness programs on aquaponics
workshops and awareness programs on aquaponics

अक्वापोनिक्ससम्बन्धी कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम

Share this news

अक्वापोनिक्ससम्बन्धी एक विशेष कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। ट्रेजरी हलमा सम्पन्न उक्त कार्यक्रम आधुनिक तथा वातावरणमैत्री कृषि प्रविधिको रूपमा उदाउँदै गरेको अक्वापोनिक्स प्रणालीबारे स्थानीय कृषकहरूलाई अवगत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

उक्त कार्यक्रममा कालेबुङ जिल्लापाल बालासुब्रमण्यम टी, एडीएम (जी) समिरन मण्डल, भूमि अधिग्रहण अधिकृत प्रितम लिम्बु, कालेबुङ–१ विकास खण्ड अधिकारी समिरूल इस्लाम तथा कालेबुङ–१ पञ्चायत समिति सभापति ममता गुरूङको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम कालेबुङ जिल्ला प्रशासन, मत्स्य विभाग तथा सहकारी विभागको संयुक्त रूपमा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी कृषकहरूलाई मत्स्य पालन, बाली खेती तथा दिगो कृषि प्रणालीसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, सहभागीहरूले आफूलाई लागेको जिज्ञासा तथा समस्या प्रत्यक्षरूपमा विज्ञ तथा अधिकारीहरूसँग साझा गर्न पाए।

कोलकातास्थित मूल बायोटेक फाम्सका प्रतिनिधिले विशेष जानकारी दिँदै, अक्वापोनिक्स प्रविधि कार्यान्वयनका लागि उपयोगी नमूना र प्रविधिहरू प्रस्तुत गरे। तिनीहरूले कसरी उच्च उत्पादन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए।

जिल्लापाल बालासुब्रमण्यम टीले पत्रकारहरूसँग कुरा गर्दै पहाडी क्षेत्रका मौलिक माछाका प्रजातिको संरक्षण अत्यन्त जरूरी रहेको बताए। उनले वर्तमानमा स्थानीय जल जैविक विविधता संरक्षणका लागि विशेष पहलहरू भइरहेको जनाए। साथै, यस्ता तालिमहरूलाई उत्कर्ष बंगला प्रशिक्षण मोडेलसँग एकीकृत गरेर दीर्घकालीन दिगोपनता सुनिश्चित गरिने बताए।

डीएमले सरकारी ऋण योजनासँग अक्वापोनिक्स कार्यक्रमलाई जोड्ने पहल भइरहेको समेत जानकारी दिए, जसले गर्दा कृषकहरूका लागि यो प्रणाली पहुँचयोग्य र आर्थिकरूपमा व्यवहारिक बन्न सकोस्। उनी भन्छन्, “माछापालनको माध्यमबाट कृषक समुदायका लागि आत्मनिर्भर र दिगो जीविकोपार्जनको सम्भावना रहेको छ।”

उनले यो कार्यक्रम यस किसिमको पहिलो प्रयास रहेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। यस्ता कार्यक्रमहरूमार्फत व्यापक जनसम्पर्क र व्यवहारिक प्रशिक्षणको सुनिश्चितता गरिने उनको भनाइ थियो।

यो पहलले वातावरणमैत्री तथा आम्दानीमुखी कृषि प्रविधिको प्रवर्द्धन गर्दै ग्रामीण समुदायमा आर्थिक सशक्तीकरणको दिशामा सकारात्मक संकेत दिएको छ।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ