coffee farming in kalimpong district
coffee farming in kalimpong district

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा

Share this news

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा बनाउने उद्देश्यसहित एक महत्वपूर्ण बैठक सर्किट हाउस, कालेबुङ मा सम्पन्न भयो। बैठकको अध्यक्षता जिल्लापाल बालासुब्रमण्यम टी ले गरेका थिए।

बैठकमा विभिन्न सरकारी तथा कृषि क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूमा अतिरिक्त जिल्लापाल समिरन मण्डल, कालेबुङ-१ का बीडीओ समिरूल इस्लाम, सभासद दावा तेञ्जी शेर्पा, विकास राई, हेमन्त थुलुङ, पाल्देन तामाङ, कालेबुङ-१ गाउँ पञ्चायत समिति अध्यक्ष ममता गुरूङ, जिल्ला बगैंचा अधिकारी सञ्जय दत्त, र सिन्कोना अनुसन्धान केन्द्रकी बिरूवा रोग विज्ञ देबोस्मिता मुखर्जी लगायत कफीखेतीमा प्रत्यक्ष संलग्न किसानहरू थिए।

बैठकको मुख्य उद्देश्य कालेबुङमा कफी खेतीलाई दीगो आम्दानीको स्रोत बनाउने सम्भावना खोज्नु थियो। यस सन्दर्भमा, खेतीलाई व्यापक बनाउन आवश्यक संरचनागत सहायता प्रणाली, संस्था निर्माण र दीर्घकालीन रणनीति तयार गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

पत्रकारहरूसँगको कुराकानीमा डीएम बालासुब्रमण्यम टी. ले भने, “हालै सम्पन्न भएको सुन्तला महोत्सवमा बागवानी तथा खाद्य प्रशोधन विभागका सचिवले कालेबुङमा कफीखेती प्रवर्द्धन गर्ने सरकारको चाहना व्यक्त गगरेका थिए। त्यसको निरन्तरतास्वरूप आज ‘कफी तथा बगैंचाबाली विकास समिति’ गठन गरिएको हो।”

उनका अनुसार कालेबुङबाट उत्पादित कफी अहिले नै अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ। “अब हामी यस सम्भावनालाई थप संस्थागत बनाउँदै ब्राण्डिङ, बजारीकरण र मूल्य शृंखला विकासमा केन्द्रित हुनेछौँ,” उनले बताए।

बैठकमा कफी खेती प्रवर्द्धनका लागि विस्तृत रोडम्याप पनि सार्वजनिक गरिएको छ। यसमा विशेषतः ब्राण्ड विकास, विपणन रणनीति, र उत्पादनदेखि निर्यातसम्मको सम्पूर्ण मूल्य सञ्जाल निर्माणमा ध्यान केन्द्रित गरिनेछ। रणनीतिक योजनाहरू कार्यान्वयन गर्नका लागि उप-समितिहरू र सरोकावाला समूहहरू समेत गठन गरिनेछ।

अधिकारीहरूले कालेबुङको जलवायु, भौगोलिक बनावट र माटोको गुणस्तर कफी खेतीका लागि अत्यन्त उपयुक्त भएको बताए। कफीखेतीसहित बगैंचाबालीहरूमा लगानी बढाएर कालेबुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘कफी हब’ को रूपमा विकास गर्ने योजना अगाडि बढाइने स्पष्ट पारिएको छ।

Share this news
आजको रोजाइ
रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

आजको रोजाइ