coffee farming in kalimpong district

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा

Share this news

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा बनाउने उद्देश्यसहित एक महत्वपूर्ण बैठक सर्किट हाउस, कालेबुङ मा सम्पन्न भयो। बैठकको अध्यक्षता जिल्लापाल बालासुब्रमण्यम टी ले गरेका थिए।

बैठकमा विभिन्न सरकारी तथा कृषि क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूमा अतिरिक्त जिल्लापाल समिरन मण्डल, कालेबुङ-१ का बीडीओ समिरूल इस्लाम, सभासद दावा तेञ्जी शेर्पा, विकास राई, हेमन्त थुलुङ, पाल्देन तामाङ, कालेबुङ-१ गाउँ पञ्चायत समिति अध्यक्ष ममता गुरूङ, जिल्ला बगैंचा अधिकारी सञ्जय दत्त, र सिन्कोना अनुसन्धान केन्द्रकी बिरूवा रोग विज्ञ देबोस्मिता मुखर्जी लगायत कफीखेतीमा प्रत्यक्ष संलग्न किसानहरू थिए।

बैठकको मुख्य उद्देश्य कालेबुङमा कफी खेतीलाई दीगो आम्दानीको स्रोत बनाउने सम्भावना खोज्नु थियो। यस सन्दर्भमा, खेतीलाई व्यापक बनाउन आवश्यक संरचनागत सहायता प्रणाली, संस्था निर्माण र दीर्घकालीन रणनीति तयार गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

पत्रकारहरूसँगको कुराकानीमा डीएम बालासुब्रमण्यम टी. ले भने, “हालै सम्पन्न भएको सुन्तला महोत्सवमा बागवानी तथा खाद्य प्रशोधन विभागका सचिवले कालेबुङमा कफीखेती प्रवर्द्धन गर्ने सरकारको चाहना व्यक्त गगरेका थिए। त्यसको निरन्तरतास्वरूप आज ‘कफी तथा बगैंचाबाली विकास समिति’ गठन गरिएको हो।”

उनका अनुसार कालेबुङबाट उत्पादित कफी अहिले नै अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ। “अब हामी यस सम्भावनालाई थप संस्थागत बनाउँदै ब्राण्डिङ, बजारीकरण र मूल्य शृंखला विकासमा केन्द्रित हुनेछौँ,” उनले बताए।

बैठकमा कफी खेती प्रवर्द्धनका लागि विस्तृत रोडम्याप पनि सार्वजनिक गरिएको छ। यसमा विशेषतः ब्राण्ड विकास, विपणन रणनीति, र उत्पादनदेखि निर्यातसम्मको सम्पूर्ण मूल्य सञ्जाल निर्माणमा ध्यान केन्द्रित गरिनेछ। रणनीतिक योजनाहरू कार्यान्वयन गर्नका लागि उप-समितिहरू र सरोकावाला समूहहरू समेत गठन गरिनेछ।

अधिकारीहरूले कालेबुङको जलवायु, भौगोलिक बनावट र माटोको गुणस्तर कफी खेतीका लागि अत्यन्त उपयुक्त भएको बताए। कफीखेतीसहित बगैंचाबालीहरूमा लगानी बढाएर कालेबुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘कफी हब’ को रूपमा विकास गर्ने योजना अगाडि बढाइने स्पष्ट पारिएको छ।


Share this news
आजको रोजाइ
खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

आजको रोजाइ