दर्जीलिङ,20 जुलाई(निसं): सावन महिना लागे पछि क्षेत्रका शिवालयहरुमा महादेव भगवान् शिवलाई जल चढाउन भक्तजनको भीड हुन् थालेकोछ, यसै क्रममा पेशोक चियाबारीको गैरी गाउँस्थित शिव मन्दिरमा आज प्रात: 6 बकीदेखि 8 बजीसम्म सम्म सावन महिनाको पहिलो सोमबार भगवान् शिव जीलाई जलार्पण गर्न भक्तजनको भीड देखियो । प्रति बर्ष झै यस बर्ष पनि गैरीगावँको शिव मन्दिरमा शिवजीलाई जलार्पण गर्न स्थानीय देखि अन्य स्थानहरु बाट पनि कलशमा जल लिएर महादेव शिवलाई जल अर्पण गर्न भक्तहरु उपस्थिति आज पनि देखियो।पण्डित आचार्य शेषराज रिजालको बिशेष उपस्थितिमा आज देखि नै प्रत्येक सोमबार रुद्र्पाठ शुरु गरिएको बताइएको छ् ।
प्राप्त जानकारी अनुसार,सोमबारदेखि प्रत्येक सोमबार बिहान छ् बजे देखि आठ बजे सम्म भगवान शिवलाई जल अर्पण गर्ने समय तोकिएकोछ। उक्त मन्दिरमा पण्डित आचार्य शेषराज रिजालको उपस्थिति रहने छ् । उक्त बिशेष पुजाबारे सावन महिनाको अन्तिम सोमबार पनि यसरी नै प्रात: भगवान् शिवलाई जलार्पण गरिनेछ भने बिशेष पुजा हवनससँगै रूद्रीपाठ् पनि गरिने जनाइएकोछ।पण्डित रिजाले भने, प्रत्येक सोमबार बिहान छ् बजे देखि आठ बजे सम्म भक्तजनले महादेव शिवलाई जलार्पण गरिनेछ, त्यसपछि पुजा रुद्रीपाठ आदि हुने छ् भने अन्य दिनहरुमा पनि अपराहन्न दुई बजे सम्म बिशेष पुजा आदि सम्पन्न गरिने छ। सावन महिनाको अन्तिम सोमबारको पुजा अनि रुद्र पुजा, पाठ आदि सम्पन्न गरिने पण्डित आचार्य शेषराज रिजालले थप जानकारी दिएको आशिष थापाले बताएका छन् ।












