कृतिहरू अनि म्युजिक भिडियो रुमाले डाँडा-को लोकार्पण

Share this news

दार्जीलिङ,20 जुलाई (निस): नारी हस्ताक्षर रुपा लामाकृत दुईवटा कृतिहरू अनि म्युजिक भिडियो रुमाले डाँडाको विधिवत लोकार्पण गरियो।
पत्रकार सबिता संकल्पद्वारा विधिवत रूपमा सञ्चालन गरिएको यस कार्यक्रममा रुपा लामाद्वारा लिखित कथा संग्रह कथा यात्रा, विपनाले जन्माएको सत्य सपनाहरू(आध्यात्मिक कृति)को विधिवत लोकार्पण गरिएको छ।
आज विधिवत लोकार्पण गरिएको म्युजिक रुमाले डाँडाको निर्मात्री ऐश्वर्य कार्की रहेको छ, गायक प्रवेश प्रधान अनि संगीतकार विनय सेवा रहेका छन्।आजको कार्यक्रममा परिवार पक्षबाट नगेन्द्र गोर्खा, प्रतिक प्रधान, याङ्जी डोमा रहेको थियो भने उपस्थित अतिथिहरुमा क्रमैसँग मिलन बान्तवा, सन्जोग खवास, प्रदीप छेत्री, विनय सेवा, के बी गुरुङ‌, रमादेवी शर्मा, सुबोध गुरुङ, धीरज धैर्य, टीका खवास गुरुङ आदि रहेका थिए। उत्तर कार्यक्रमलाई सम्बोधनमा राख्दै मिलन भान्तावादी रूपा लामाकृत दुईवटा कृतिमाथि आफ्नो सारांशित वक्तव्य राखे भने म्युजिक भिडियो रुमाली डाँडा माथि संगीतकार प्रदीप क्षेत्रीले आफ्नो भनाइ राखेका थिए। कृतिकार रुपा लामाले आफ्ना यी दुई कृतिहरू सायद अन्तिम हुन सक्छ भन्ने संकेत दिँदै आफ्ना दुई कृति अनि म्युजिक भिडियो रुमाले डाँडा-माथि रहेका विषय तथ्यहरूलाई प्रकाश पार्दै आफ्नो मन्तव्य राखिन्।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

आजको रोजाइ