दार्जीलिङ,19 जुलाई(निसं): चुङथुङ-मेरिबुङ-तामसाङ,मेम मण्डल दार्जीलिङ मण्डल चारको आयोजनामा पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान 2026 कार्यक्रम तामसाङस्थित मखमली भवनमा मण्डल सन्देश सुब्बाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।
यौवन गुरुङद्वारा सञ्चालन कार्यक्रममा जिल्ला पदाधिकारी, मण्डलका पदाधिकारी, शक्ति केन्द्रका प्रतिनिधि, बूथ पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहपुर्ण सहभागिता रहेको थियो। यस कार्यक्रममा उपस्थित विशेष सदस्यहरुले भारतीय जनता पार्टीको मूल विचार, सिद्धान्त, संगठनात्मक मूल्य तथा पण्डित दीनदयाल उपाध्यायको एकात्म मानववाद सम्बन्धी महत्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गरे। यस कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण कार्यकर्ता, पदाधिकारीहरु प्रति आयोजक मण्डलले हार्दिक आभार प्रकट गरे।













