शनिवार 11 औँ अन्तर्राष्ट्रिय योग दिवस श्रद्धा र उत्साहका साथ भव्य रूपमा पालन

Share this news

खरसाङ,21 जून (निसं):अ खरसाङको मोर्डन इङ्ग्लिस स्कूलमा शनिवार 11 औँ अन्तर्राष्ट्रिय योग दिवस श्रद्धा र उत्साहका साथ भव्य रूपमा पालन गरियो। कार्यक्रममा योगाचार्य अनुप रिजालले विद्यार्थीहरू र उपस्थित सबैका लागि विभिन्न योग मुद्राहरू देखाउँदै योगले मन, विचार, चित्त, तेज, ऊर्जा, एकाग्रता र आत्मसंयमलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ भनी जनाए। कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङ एसडीपीओ नीरजा अनीश शाह उपस्थित थिइन्। तिनले योग भारतको जीवनशैली र सांस्कृतिक विरासतको अनुपम उपहार हो भन्दै आज जब विश्‍वभरि तनाव र असन्तुलनको अवस्था छ, त्यस्तो समयमा योग सम्पूर्ण मानव जातिका लागि वरदान बनिरहेको छ भनी जनाइन्। शाहाले सबैलाई योगलाई आफ्नो दैनिक जीवनशैलीमा समावेश गर्न अनुरोध गरिन्। यस अवसरमा क्रीड़ा भारतीका सल्लाहकार तथा नेपाली सांस्कृतिक परिषदका अखिल भारतीय कार्यकारिणी अध्यक्ष अशोक चौरासियाले पनि आफ्नो मन्तव्य राखेका थिए। तिनले 2014 सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभामा योगलाई भारतको प्राचीन समग्र उपचार पद्धतिका रूपमा प्रस्तुत गर्दै विश्‍व मानव कल्याणका चिन्तनहरू व्यक्त गरेको कुरालाई स्मरण गराए। चौरासियाले ब्याक टु बेसिसको उदाहरण दिँदै आजको जलवायु परिवर्तन, मानसिक असन्तुलन र व्यक्तिगत असावधानीको समयमा योग अत्यन्तै आवश्यक रहेको अवगत गराए। योगको महत्वलाई विश्‍वले स्वीकार गरिसकेको सन्दर्भमा तिनले संयुक्त राष्ट्रका 177 देशहरूले यसको समर्थन गरेका थिए भन्दै जसमा 46 मुस्लिम देशहरू समेत रहेको उल्लेख गरे। तिनले शुरुमा पाकिस्तान, टर्की, दक्षिण कोरिया जस्ता केही देशहरूले विरोध जनाए तापनि आज यमन बाहेक विश्‍वका 192 देशहरूमा योगाभ्यास गरिँदैछ भनी जनाए। भारतभर एक लाखभन्दा बढ़ी स्थानहरूमा योग दिवस मनाइएको, जसमा हाम्रो खरसाङ पनि एक हो भनी बताए। कार्यक्रमको सञ्चालन क्रीड़ा भारतीका संयोजक दिव्यत्तम अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन सहआयोजक सपन सुब्बाले राखेका थिए। यस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मोर्डन स्कूलका निर्देशक अश्‍विनी अग्रवालले गरेका थिए। कार्यक्रममा सन्त अलफन्सस, सेन्ट एन्थोनी, पुष्परानी रोय मेमोरियल हाइ स्कूल, रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालय, हिमाली बोर्डिङ स्कूलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो साथै क्रीड़ा भारतीका सम्पूर्ण पदाधिकारी, युवा वर्ग तथा खरसाङ बजारका व्यवसायीहरू समेत उपस्थिति रहेका थिए। कार्यक्रममा सहभागीहरूको संख्या 150 भन्दा बढ़ी रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ