शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

Share this news

खरसाङ शहरको गाड़े घाउ जतिकै बनेको शहर तर्फ राष्ट्रिय राजमार्ग 110 मा भल बग्ने समस्या समाधान हुने आशा देखिएको छ। यहाँको रिलायन्स स्मार्ट बजार नजिक रहेको भगतवीर झोड़ाको कलभर्ट खोल्ने कार्य अहिले धमाधम चलिरहेको छ। बुधवार पनि यहाँको कलभर्ट खोल्ने कार्य गरियो भने कलभर्ट मुनिबाट लगिएका पाइपहरू काट्ने कार्य पनि भयो। कलभर्टमा पसेको ढुङ्गा-मोटा, फोहोर-मैला निकालेर पाइपहरू काट्ने काम गरिएपछि झोड़ाको भल कलभर्टबाट छिर्न सक्ने आवस्था बनेको छ।

कलभर्ट खोल्ने कार्य गरिरहेका कामदारहरूले कलभर्ट भित्रबाट लगिएका सबै पाइप काटेर निकालिने बताए भने कलभर्ट पूर्ण रुपले सफा गरेर भल बग्न सक्ने योग्यको बनाउन अझ एक दिन वा दुई दिन लाग्न सक्ने बताए। यहाँको कलभर्ट खोल्ने अनि कलभर्ट भित्रबाट लगिएका पाइपहरू काटेर निकाल्ने कार्य गरिएपछि बुधवार यस कलभर्टबाट सजिलै झोड़ाको भल बगेको देखियो। तथापि खरसाङ टुरिष्ट लज तर्फबाट आएको ठूलो भल भने यो कलभर्ट रहेको स्थानलाई पार गरेर शहरतर्फ बगेको थियो। टुरिष्ट लज तर्फबाट आएको ठूलो भल शहर तर्फ बगेकोले शहरको मूल सकड़मा पानी बग्ने समस्या यथावत देखिए तापनि अघिका दिनहरूको तुलनामा कम भल बगेको थियो।

स्मरण गराइन्छ, खरसाङ्को रिलायन्स स्मार्ट बजार नजिक रहेको भगतवीर झोड़ाको कलभर्ट वर्षाको अवधिमा थुनिएकोले यहाँबाट राष्ट्रिय राजमर्ग 110 हुँदै शहर तर्फ ठूलो भल बग्ने गरेको थियो। जसको कारण जनसाधरण, चालक, दुईचक्के सवारहरूले समस्याको सामना गर्न परिरहेका थिए। राष्ट्रिय राजमार्गमा ठूलो भल बगेपछि सड़क धेरै ठाउँमा भत्किएको अवस्थामा रहेको छ। यस स्थानबाट सड़कमा भल बग्ने समस्याबाट दिक्क बनेर धेरै मानिसहरूले आफन्ाो गुनासो सामाजिक सञ्जालहरूमा गरिरहेका थिए भने यो समस्यालाई हिमालय दर्पणले तथ्यहरूको साथमा अघिबाटै केही पटक उठाएको थियो। सड़क, बाटो र गल्लीमा वर्षाको ठूलो भल बग्ने समस्या शहरको अन्य स्थानहरूमा पनि यथावत रहेको छ। यी स्थानहरूको समस्या पनि आगामी दिनमा समाधान गरिनेछ भन्ने जनसाधरणले आशा राखेका छन्‌‍।

Share this news
आजको रोजाइ
शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

serious-questions-over-safety-in-national-highway-10-repairs

राष्ट्रिय राजमार्ग–१० को मर्मतमा सुरक्षामाथि गम्भीर प्रश्न

डबल इञ्जिनको सरकारले चोपड़ाको सर्वाङ्गीन विकासको लागि काम गर्ने

डबल इञ्जिनको सरकारले चोपड़ाको सर्वाङ्गीन विकासको लागि काम गर्ने

गोर्खा जनमुक्ति मोर्चाद्वारा चिम्नी देवराली ग्राम पञ्चायत बोर्ड गठन

गोर्खा जनमुक्ति मोर्चाद्वारा चिम्नी देवराली ग्राम पञ्चायत बोर्ड गठन

जाँच आयोग गठनको गोजमुमोद्वारा स्वागत

जाँच आयोग गठनको गोजमुमोद्वारा स्वागत

नोएडाको आवासीय भवनमा भीषण आगो लाग्दा, दुई जनाको मृत्यु

नोएडाको आवासीय भवनमा भीषण आगो लाग्दा, दुई जनाको मृत्यु

कफीको बोटसँगै हुर्किँदै पहाड़का युवाको सपना

कफीको बोटसँगै हुर्किँदै पहाड़का युवाको सपना

मानेभञ्ज्याङमा अरण्य सप्ताह भव्य रूपमा सम्पन्न

मानेभञ्ज्याङमा अरण्य सप्ताह भव्य रूपमा सम्पन्न

राज्यव्यापी वृक्षारोपण अभियानसङ्गै विश्व युवा सीप दिवस २०२६ पालन

राज्यव्यापी वृक्षारोपण अभियानसङ्गै विश्व युवा सीप दिवस २०२६ पालन

मन्त्री श्री लेप्चाको नेतृत्वमा सडक पुनर्स्थापना कार्यको संयुक्त निरीक्षण

मन्त्री श्री लेप्चाको नेतृत्वमा सडक पुनर्स्थापना कार्यको संयुक्त निरीक्षण

आजको रोजाइ