खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2026

Share this news

खरसाङ फुटबल एसोसिएसनको आयोजनामा यहाँको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2026 फुटबल टुर्नामेन्ट तेस्रो संस्करणको दुईवटा खेल सोमवार सम्पन्न गरियो। बी डिभिजनको पहिलो खेल वाईजीएफसी अनि युनाइटेड एसएसएस तीनधारेमाझ खेलाइयो। यस खेलमा वाईजीएफसीका खेलाड़ीहरूले 3 गोल गरे भने एसएसएस तीनधारेका खेलाड़ीहरूले कुनै गोल गर्न सकेर, यस प्रकार यो खेल वाईजीएफसीले शुन्यको विरुद्ध 3 गोलले जित्यो। वाईजीएफसीका खेलाड़ी अभिषेक शर्माले 2 गोल गरे भने अनिकेत तामाङले 1 गोल गरे। वाईजीएफसीका खेलाड़ी अभिषेक शर्मालाई यस खेलको उत्कृष्ट खेलाड़ी चयन गरी केएफए अध्यक्ष नर्बू शेर्पाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो।

दोस्रो खेलमा अलीबकस एफसी अनि युनाइट डुमाराम एफसीमाझ सम्पन्न भयो। यस खेलमा अलीबक्स एफसीका खेलाड़ीहरू 9 गोल गर्न सफल बने भने युनाइटेड डुमाराम एफसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। यस प्रकार यो खेल अलीबक्स एफसीले शुन्यको विरुद्ध 9 गोलले जित्यो। अलीबस्क एफसीका खेलाड़ी सुनत राई ले 5 गोल गरे भने आकाश राईले 2, नर्बु लामाले 1, निकेश राईले 1 गोल गरे। यस खेलमा अलीबक्स एफसीका खेलाड़ी सुनत राईलाई उक्तकृष्ट खेलाड़ी चयन गरी पूर्व फुटबल खेलाड़ी एवं केएफए टेक्निकल सदस्य धर्मराज राणाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। यस टुर्नामेन्टको सञ्चालन हिल रेफेरीस एसोसिएसनले गरिरहेको छ, सोमवारको खेलमा मुख्य रेफेरी अर्बिन्द छेत्री थिए, सहायक रेफेरीहर सौरभ शंकर अनि केवन राई, फोर्थ अफिसियल नितेश देवान रहेका थिए।

Share this news
आजको रोजाइ
खरसाङमा 213 औँ भानुजयन्ती पालन

खरसाङमा 213 औँ भानुजयन्ती पालन

खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2026

खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2026

राज्यका श्रममन्त्री अनशनकारीहरूसित भेट गर्न लङ्भ्यू चिया बगानमा

राज्यका श्रममन्त्री अनशनकारीहरूसित भेट गर्न लङ्भ्यू चिया बगानमा

रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आजको रोजाइ