रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

Authored By: Mohan

Share this news

दार्जीलिङबाट सिलगढ़ीतर्फ जाँदै गरेको झारखण्ड नम्बरको एउटा आई 20 कार सोमवार बिहान रोहिणीको फायरिङ रेञ्ज नजिक दुर्घटनाग्रस्त हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। उक्त कारमा सवार अन्य तीन जना युवकलाई सामान्य चोट लागेको छ। प्राप्त जानकारीअनुसार बिहार तथा झारखण्डका चार जना युवक (चालकसहित) आई 20 कारमा दार्जीलिङ घुम्न आएका थिए। सोमबार बिहान उनीहरू आफ्नो घर फर्किने क्रममा सिलगढ़ीतर्फ जाँदै गर्दा रोहिणी मार्गको फायरिङ रेञ्ज नजिक चालकले गाड़ीको नियन्त्रण गुमाउँदा कार सड़कछेउको जङ्गलमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा बिहारको किशनगञ्ज निवासी चालक साजिद आलम (36) को घटनास्थलमै मृत्यु भएको पुलिसबाट जानकारी पाइएको छ। दुर्घटना असर निकै भीषण भएकाले चालकले घटना स्थलमा नै ज्यान गुमाएको बताइएको छ, यद्यपि तिनलाई घटना स्थलबाट उद्धार गरेर सुकना खण्ड स्वस्थ्य केन्द्रमा पुऱ्याएपछि चिकित्सकले मृत घोषित गरेको पुलिसले बताएको छ। यस घटनामा कारमा सवार अन्य तीन जना युवक भने भाग्यवश सामान्य चोटसहित सुरक्षित रहेका छन्‌‍। उनीहरू सबै झारखण्डको धनबादबाट दार्जीलिङ घुम्न आएका थिए अनि सोमबार घर फर्किने क्रममा उक्त दुर्घटना भएको हो।

घटनाको जानकारी पाउन साथ गाड़ीधुरा पुलिस एवं गाड़ीधुरा ट्राफिक ओसी वीरेन्द्र छेत्रीको नेतृत्वमा पुलिसको एउटा टोली घटनास्थल पुगेर स्थानीयहरू, रोडमा चलिरहेका अन्य सवारीका चालकहरूको सहयोगमा मृतक चालकलाई सुकना ब्लक स्वस्थ्य केन्द्र पठाइएको थियो। पुलिसले घटना स्थलबाट वाहन उद्धार गरेर अघिल्लो कार्वाही शुरू गरेको छ।

Share this news
आजको रोजाइ
खरसाङमा 213 औँ भानुजयन्ती पालन

खरसाङमा 213 औँ भानुजयन्ती पालन

खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2026

खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2026

राज्यका श्रममन्त्री अनशनकारीहरूसित भेट गर्न लङ्भ्यू चिया बगानमा

राज्यका श्रममन्त्री अनशनकारीहरूसित भेट गर्न लङ्भ्यू चिया बगानमा

रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आजको रोजाइ