इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा सोम-तकभर समष्टि, नारी अनि युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा गरियो।सभाको सभापतित्वको भार समष्टि अध्यक्ष भरत तामाङलाई सुम्पिएको थियो भने सभामा बिशेष रुपमा दार्जीलिङ महकुमा युवा अनि नारी अध्यक्षद्वय राब्गे राई अनि नोरा सुब्बा उपस्थित रहेका थिएँ साथै समष्टि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।सभामा नारी अनि युवा प्रतिनिधिहरुद्वारा धेरै असल सुझावहरु राखे साथै उक्त सुझावहरु भावी दिनमा लागू गरिने निर्णयहरु सभाले लिइयो।उक्त सभामा पार्टीको आउने भावी रणनीति बिषय चर्चा परिचर्चा गरियो।सभाको क्रममा समष्टिका नारी प्रबक्ताको रुपमा फेलोमिना राईलाई सर्वसम्मतिको आधारमा औपचारिक रुपमा घोषित गरियो साथै अन्य नव नारी पदभारको जिम्मा समष्टि नारी अध्यक्ष देवकला तामाङ,महासचीव उषा राईलाई सुम्पियो।समष्टिको दुई शसक्त भातृ संगठनलाई स्वतन्त्र रुपमा कार्य गर्ने निर्देश पनि महकुमा समतिका नारी अनि युवा अध्यक्ष द्वयले जारी गरे।आजको सभामा क्रमैले आ-आफ्नो बिषयमा वक्तव्य राखेर सभालाई अन्तमा सभाको सभापतिद्वारा बर्खास्त गरियो।
यसअघि अलग राज्य गोर्खाल्यान्ड गठनको निम्ति इण्डियन गोर्खा जनशक्ति फ्रण्टले तन मन धन सबै प्रकारले समर्पित रहेको दार्जीलिङ महकुमा समिति अध्यक्ष पुरण तामाङ र महासचिव प्रमोद राईले बताएका छन्। नयाँ पार्टी निर्माण समितिले अलग राज्य गोर्खाल्यान्डको मुद्दामा यहाँको जीमखाना हलमा सर्वदलीय बैठकको आयोजना गरेको थियो।
आयोजित बैठकमा पार्टीको पक्षबाट पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस स्पष्ट गरि दिई सकेको महकुमा समिति अध्यक्ष तामाङले बताए।तिनले अघि भने नयाँ पार्टी निर्माण समितिले अलग राज्य गोर्खाल्यान्ड राज्यको गठन हुनपर्छ भन्ने विषयलाई लिएर सर्वदलीय बैठक डाकेको थियो अनि आयोजित बैठकमा क्षेत्रीय दलहरूको नेतृत्वहरूले अंश ग्रहण गरेको थियो। अलग राज्य गोर्खाल्यान्ड गठनको मांग विगत धेरै बर्ष अघिदेखि माग्दै आएको मांग हो,त्यसकारण बैठकलाई ऐतिहासिक बैठक हो भन्ने मान्न सकिन्छ। बंगालदेखि अलग हुन पर्छ भन्ने आवाजहरू एकबद्ध हुन पर्छ, अलग राज्य गोर्खाल्यान्ड गठनको मांगलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टले पूर्ण समर्थन जनाउँछ,अघि मात्र सम्पन्न भएको सर्वदलीय बैठकमा पनि जातिको निम्ति एकबद्ध हुनपर्छ अनि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट जहिले पनि अघि रहनेछ भन्ने महकुमा समिति अध्यक्ष पूरण तामाङ र महासचिव प्रमोद राईले बताएका छन्।












