Bhanu Jayanti 212 Raju Bista Siliguri
Bhanu Jayanti 212 Raju Bista Siliguri

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

Share this news

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको पावन अवसरमा सिलगढ़ीको दिनबन्धु मञ्चमा भानु जयन्ती समारोह समितिद्वारा आयोजित भव्य भानु जयन्ती समारोहमा सहभागी भएर हाम्रा जातीय आदिकविलाई श्रद्धाञ्जली अर्पण गर्ने अनि उपस्थित जन-सुमदायलाई सम्बोधन गरे।

यस गरिमामय कार्यक्रममा नेपाली भाषा, साहित्य, संस्कृति र हाम्रो साझा गोर्खा पहिचानप्रति समर्पित साहित्यकार, शिक्षाविद्, बुद्धिजीवी, कलाकार, पत्रकार, विद्यार्थी, सामाजिक अभियन्ता तथा नेपाली भाषाप्रेमी दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण र प्रेरणादायी बनाएको अनुभूति गरेको उनले बताए।

हरेक वर्ष भानु जयन्ती एक यस्तो अवसर हुन्छ जब उहाँले नेपाली भाषालाई जन–जनको भाषाका रूपमा स्थापित गर्न पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्छौँ, र आज हामी आफ्नो मातृभाषा नेपालीका कारण आफ्नो अस्तित्व बचाउन सकेकोमा उहाँप्रति कृतज्ञता प्रकट गर्दछौं भने।

नेपाली भाषा हाम्रो पहिचान, आत्मसम्मान र एकताको आधार भएको हुनाले यसलाई घर-आँगनमा मात्र सीमित नराखी शिक्षा, प्रशासन, सञ्चार, न्यायालय, प्रविधि तथा डिजिटल माध्यमहरूमा अझ व्यापक रूपमा प्रयोगमा ल्याउनु पर्ने आवश्यकता र चुनौती दुवै हामी समक्ष छ । संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले प्राप्त गरेको मान्यतालाई व्यवहारिक रूपमा अझ प्रभावकारी बनाउने दिशामा सबै सरोकारवालाले मिलेर काम गर्न आवश्यक रहेको छ।

विशेष गरी आजको युवा पुस्ताले नेपाली भाषामा नयाँ सोच, सिर्जना र प्रविधिको प्रयोगमार्फत विश्वभर नेपाली भाषाको पहुँचलाई विस्तारित गर्दै लैजाने आफ्नो दायित्वको निर्वाह गर्नु पर्दछ। विद्यालय, कलेज र विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा अझ सक्रियतासँग अगाड़ि बढ़्नु आवश्यक छ।

आजको यस सफल कार्यक्रमको आयोजनाका लागि सिलगढी भानु जयन्ती समारोह समितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुभएका सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। साथै, उपस्थित सम्पूर्ण महानुभावहरूको आत्मीयता, स्नेह र उत्साहले मलाई थप जिम्मेवार र प्रेरित बनाएको अनुभूति गरेको सांसद बिष्टले बताए।

Share this news
आजको रोजाइ
रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

आजको रोजाइ