गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत चुङ्थुङ–मेरिबुङ–तामसाङ समष्टिको लिङ्गिया र मेरिबुङ गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) शाखा कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न भएको छ। सभामा संगठन विस्तार, नयाँ प्रतिनिधि चयन तथा गोर्खा जातिको राजनीतिक अधिकार र अस्तित्वको पक्षमा जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। समष्टि गोरानासं अध्यक्षा मन्दिरा राईको अध्यक्षतामा सम्पन्न सभामा गोरानासं केन्द्रीय समिति सदस्या अजिला देवान प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै समष्टि सचिवा अर्पिता राई, हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) समष्टि सचिव चमन तामाङ, गोरानासं सदस्या रमला शेर्पा, याङ्कु शेर्पा, चरण तामाङ, सजना तामाङ लगायत लिङ्गिया र मेरिबुङ शाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाले लिङ्गिया तथा मेरिबुङ दुवै शाखालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ दुवै शाखामा थप नयाँ प्रतिनिधिहरू चयन गर्ने निर्णय गरेको छ। नवचयनित प्रतिनिधिहरूलाई संगठनलाई तल्लो तहसम्म विस्तार गर्दै जनतासँग प्रत्यक्ष सम्पर्क कायम गरी संगठनलाई थप मजबुत बनाउने जिम्मेवारी प्रदान गरिएको जानकारी दिइयो। कार्यक्रमलाई सम्बोधन गर्दै गोरानासं केन्द्रीय समिति सदस्या अजिला देवानले नारी शक्ति कुनै पनि समाज र आन्दोलनको मेरुदण्ड भएको उल्लेख गर्दै गोर्खा जातिको राजनीतिक संघर्षमा महिलाहरूको ऐतिहासिक योगदानको स्मरण गराइन्। उनले सन् १९८६ देखि नारीहरुले अग्रपंक्तिमा रहेर खेलेको भूमिकाको प्रशंसा गर्दै अब संघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउने समय आएको बताइन्।

उनले २००७ मा जस्तो पार्न षड्यन्त्र र विभाजनकारी प्रयासबाट शिक्षा लिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता प्रवृत्तिबाट समाजलाई जोगाउन नारी संगठनले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार, प्रत्येक गाउँ–बस्ती र घरदैलोमा पुगेर जनतालाई गोर्खा जातिको राजनीतिक अधिकार, अस्तित्व र भविष्यबारे सचेत गराउनु आजको प्रमुख आवश्यकता हो। अजिला देवानले वर्तमान परिस्थितिमा दलभन्दा माथि उठेर गोर्खा जातिको उन्मुक्ति, अस्तित्व र भावी पुस्ताको सुरक्षित भविष्यका लागि एकताबद्ध भएर काम गर्नुपर्ने धारणा व्यक्त गरिन्। “आज हामीले सही निर्णय लिन सकेनौं भने भविष्यका सन्ततिले पनि हामीले जस्तै संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले अब नारी संगठनले जाति र माटोको उन्मुक्तिको निम्ति दरिलो धुरीखम्बाका रूपमा उभिनुपर्छ,” उनले अपिल गरिन्।

सभामा उपस्थित प्रतिनिधिहरूले पनि संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनचेतनामूलक कार्यक्रम, घरदैलो अभियान र सामाजिक सहभागितामार्फत गोर्खा राष्ट्रिय नारी संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस संयुक्त सांगठनिक सभाले लिङ्गिया र मेरिबुङ क्षेत्रमा गोरानासंको संगठनात्मक आधारलाई थप बलियो बनाउनुका साथै गोर्खा जातिको स्थायी राजनीतिक समाधान, अस्तित्व र अधिकारको पक्षमा जनचेतना अभिवृद्धि गर्ने अभियानलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।


Share this news
आजको रोजाइ
गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

इरानी पत्रिकाको ‘बदला सूची’मा विश्वका १३ नेताहरू: तिनीहरू को हुन् ?

इरानी पत्रिकाको ‘बदला सूची’मा विश्वका १३ नेताहरू: तिनीहरू को हुन् ?

अठाह्र वर्षपछि स्टीफन फ्लेमिङलाई चेन्नई सुपर किंग्सले बिदाइ दियो

अठाह्र वर्षपछि स्टीफन फ्लेमिङलाई चेन्नई सुपर किंग्सले बिदाइ दियो

बीटीएचएस कौस्तुभ जयन्ती आयोजक समितिको सभा

बीटीएचएस कौस्तुभ जयन्ती आयोजक समितिको सभा

रेलिङ भुवनेश्वर शिवलयमा शिव महापुरण हुने

रेलिङ भुवनेश्वर शिवलयमा शिव महापुरण हुने

हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन गठन

हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन गठन

गोरामुमोको सहिद दिवस जीडीएनएस मैदानमा हुने

गोरामुमोको सहिद दिवस जीडीएनएस मैदानमा हुने

८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने

८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने