मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

Share this news

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहसँगै आज मन्त्रीद्वय श्रेष्ठ र पौडेलले ‘हेलो सरकार’ शाखाको अवलोकन गर्दै गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र गुनासो फछ्र्योटको अवस्थाबारे जानकारी लिनुभएको हो ।

अवलोकनका क्रममा दुवै मन्त्रीले हेलो सरकारमा आउने नागरिकका गुनासाबारे चासो व्यक्त गर्दै सम्बन्धित मन्त्रालयले गुनासा समयमै सम्बोधन गर्न तत्पर रहेको बताउनुभयो । उहाँहरूले नागरिकका प्रत्येक गुनासाप्रति गम्भीर हुन र प्रभावकारी समन्वयका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँहरूले गुनासोको सङ्ख्या बढ्दै जानुले वर्तमान सरकारप्रति नागरिकको विश्वास बढेको उल्लेख गर्दै प्राप्त गुनासा समयमै फछ्र्योट गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।   मन्त्रालयसँग सम्बन्धित गुनासा छिटो सम्बोधनका लागि समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने मन्त्रीद्वय श्रेष्ठ र पौडेलको भनाइ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ पछिल्लो समय सरकारी निकाय र नागरिकबीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्मका रूपमा विकसित हुँदै गएको छ ।

सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअनुसार हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ । बहुच्यानल प्रणाली, आधुनिक प्रविधि तथा सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काम अघि बढिरहेको छ । आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रणालीमार्फत गुनासो दर्ता, सम्बन्धित निकायमा स्वचालित पठाउने तथा प्रगति अवस्थाबारे सेवाग्राहीलाई नियमित जानकारी दिने व्यवस्था लागू गर्ने तयारीसमेत भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यही असार २४ गतेसम्म हेलो सरकार प्रणालीमा कुल एक लाख ३१ हजार ८७५ गुनासा तथा उजुरी प्राप्त भएका छन् । तीमध्ये करिब ७० प्रतिशत गुनासा फछ्र्योट भइसकेका छन् । वर्तमान सरकार गठन भएको गत चैत १३ गते यता हेलो सरकारमा दर्ता हुने गुनासा तथा उजुरी ८३८ प्रतिशतले वृद्धि भएको छ । गत चैत १३ देखि असार २४ सम्म यी गुनासा र उजुरी फछ्र्योट ९७५ प्रतिशतले वृद्धि भएको छ ।

Share this news
आजको रोजाइ
महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

वैज्ञानिकहरूले जटिल र प्रतिस्पर्धी लक्ष्यहरूलाई सन्तुलनमा राख्नुपर्छ

वैज्ञानिकहरूले जटिल र प्रतिस्पर्धी लक्ष्यहरूलाई सन्तुलनमा राख्नुपर्छ

इरानका ९०स्थान लक्ष्यहरू विरुद्ध अमेरिकी आक्रमणको प्रतिक्रियामा

इरानका ९०स्थान लक्ष्यहरू विरुद्ध अमेरिकी आक्रमणको प्रतिक्रियामा

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कार्य र विद्यार्थी ठगीमा नयाँ व्यवस्था 

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कार्य र विद्यार्थी ठगीमा नयाँ व्यवस्था 

उत्तराखण्डमा दुई दिनमा ठूलो वर्षा हुने चेतावनीले प्रशासन उच्च सतर्क

उत्तराखण्डमा दुई दिनमा ठूलो वर्षा हुने चेतावनीले प्रशासन उच्च सतर्क

आजको रोजाइ