दूधेमा बेली ब्रीज उद्धघाटन गरिएकोमा अमित छेत्रीद्वारा आभार प्रकट

Share this news

मिरिक सिलगढी वाहनमा यातायातलाई सुगम बनाँउन भारतीय सेनाद्वारा दुधे बालसन खाेलामा बेली ब्रीज निर्माण भएर बुधबार पश्चिम राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले अनलाइन उद्धघाटन गरेपछि हर्ष प्रकट गर्दै भारतीय जनता पार्टी सियाेक गाेपालधारा ओकेटी मण्डल अध्यक्ष एवं भूतपूर्व सैनिक अमित छेत्रीले पश्चिम बंगाल सरकार, भारतीय सेनाका अधिकारी ,जवान,दार्जीलिङका लाेकसभा सांसद राजु विष्ट ,खरसाङका विधायक साेनाम लामा अनि पीडब्युडी विभागका अधिकारीहरूप्रति आभार प्रकट गरेका छन। छेत्रीले बीस दिनकाे छाेटाे अवधिमा भारतीय सेनाले दूधे बालसन खाेलामा वाहन कुद्ने बेली ब्रीज निर्माण गरेर एउटा उदाहरण प्रस्तुत गरेकाे बताँउदै यसले मिरिक सिलगढी यात्रा अब सुचारू भएर जानेछ भने। तिनले विगतमा दूधे बालसन खाेलामा निर्माण गरिएकाे अस्थायी पूल बालसन दुधे खाेलाकाे जलस्रोत बडेपछि भत्किएकाे जसले मिरिक सिलगढी यातायातमा समस्या देखापरेकाे थियाे। यद्यपि उक्त स्थानमा दार्जीलिङका लाेकसभा सांसद राजु विष्ट पुगेर स्थलगत निरीक्षण गरेका थिए। पैदल हिड्न निर्माण गरिएकाे पुलद्वारा केहीहदसम्म यातायात सुचारू भएपछि मुख्यमन्त्री अनि सांसदकाे विशेष पहलमा भारतीय सेनाद्वारा बेली ब्रीज निर्माण गरिएको थियो। जसले अब सबैलाई सुविधा हुने बताए। छेत्रीले दूधेकाे पक्का पूल आगामी मार्च महिनासम्म हुने अनि उद्धघाटनमा मुख्यमन्त्री आफै स्थलगत उपस्थित हुने जानकारी गराए। उनले भाजपाकाे डबल इन्जिनकाे सरकारले हरेक कार्य नै आम जनताकाे सुविधाकाे लागि गर्ने बताए।

Share this news
आजको रोजाइ
वैज्ञानिकहरूले जटिल र प्रतिस्पर्धी लक्ष्यहरूलाई सन्तुलनमा राख्नुपर्छ

वैज्ञानिकहरूले जटिल र प्रतिस्पर्धी लक्ष्यहरूलाई सन्तुलनमा राख्नुपर्छ

इरानका ९०स्थान लक्ष्यहरू विरुद्ध अमेरिकी आक्रमणको प्रतिक्रियामा

इरानका ९०स्थान लक्ष्यहरू विरुद्ध अमेरिकी आक्रमणको प्रतिक्रियामा

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कार्य र विद्यार्थी ठगीमा नयाँ व्यवस्था 

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कार्य र विद्यार्थी ठगीमा नयाँ व्यवस्था 

उत्तराखण्डमा दुई दिनमा ठूलो वर्षा हुने चेतावनीले प्रशासन उच्च सतर्क

उत्तराखण्डमा दुई दिनमा ठूलो वर्षा हुने चेतावनीले प्रशासन उच्च सतर्क

ठूलो वर्षाले दिल्लीमा अचानक बाढी, रेल र सडक यातायातमा अवरोध 

ठूलो वर्षाले दिल्लीमा अचानक बाढी, रेल र सडक यातायातमा अवरोध 

दूधेमा बेली ब्रीज उद्धघाटन गरिएकोमा अमित छेत्रीद्वारा आभार प्रकट

दूधेमा बेली ब्रीज उद्धघाटन गरिएकोमा अमित छेत्रीद्वारा आभार प्रकट

एचपीडब्ल्यु केन्द्रीय समितिको नवगठित शाखालाई श्रमिक हितमा इमानदारीसङ्ग काम गर्ने निर्देशन 

एचपीडब्ल्यु केन्द्रीय समितिको नवगठित शाखालाई श्रमिक हितमा इमानदारीसङ्ग काम गर्ने निर्देशन 

मुख्यमन्त्रीद्वारा दुधेमा बालासन नदीमाथिको बेली पुल जनतालाई समर्पित

मुख्यमन्त्रीद्वारा दुधेमा बालासन नदीमाथिको बेली पुल जनतालाई समर्पित

गायक-संगीतकार राम बिष्टको अभिनन्दन ग्रन्थ “पहराको फूल”लाई चिहाई हेर्दा

गायक-संगीतकार राम बिष्टको अभिनन्दन ग्रन्थ “पहराको फूल”लाई चिहाई हेर्दा

सेलेङबुङदेखि चामोङ, ठकुरी जाने बाटोको वर्कअर्डर जारी तर साथी कन्ट्रक्शनले काम किन गरेन ?

सेलेङबुङदेखि चामोङ, ठकुरी जाने बाटोको वर्कअर्डर जारी तर साथी कन्ट्रक्शनले काम किन गरेन ?

आजको रोजाइ