प्रधानमन्त्रीसँग एसियाली विकास बैंकका अध्यक्ष मासातोको भेटवार्ता

Share this news

​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ।

जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ। ​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताउनुभएको छ।

​उहाँले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।
नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उहाँको भनाइ छ।

मासातो कान्डा एसियाली विकास बैंक (एडीबी) को ११ औं अध्यक्षको रूपमा निर्वाचित भएका छन् र फेब्रुअरी २४, २०२५ देखि पदमा छन्। उनले यसअघि जापानका प्रधानमन्त्री र अर्थमन्त्रीको विशेष सल्लाहकारको रूपमा काम गरिसकेका छन्। अन्तर्राष्ट्रिय वित्त र विकास नीतिमा कान्डाको व्यापक अनुभव, जापानको अर्थ मन्त्रालयमा उनको नेतृत्वदायी भूमिकाले उनलाई एडीबीको लागि उपयुक्त नेता बनाउँछ। एसिया र प्रशान्त क्षेत्रमा दिगो, समावेशी र लचिलो विकासमा उनको ध्यान केन्द्रित हुँदा एडीबीले आफ्ना विकासशील सदस्य देशहरूका लागि नवीन समाधानहरू प्रदान गर्ने प्रयासलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
पश्चिम सिक्किम साहित्य परिषदको स्रष्टा अनि उपमान बस्नेत पुरस्कार

पश्चिम सिक्किम साहित्य परिषदको स्रष्टा अनि उपमान बस्नेत पुरस्कार

व्हाट्सएपले केही सम्पर्कहरूलाई हरियो डट सूचक रोल आउट गरिरहेछ

व्हाट्सएपले केही सम्पर्कहरूलाई हरियो डट सूचक रोल आउट गरिरहेछ

इडीले तृणमूलको कोष प्रयोगद्वारा गरिएको लेनदेनको अनुसन्धान

इडीले तृणमूलको कोष प्रयोगद्वारा गरिएको लेनदेनको अनुसन्धान

दिलजीत दोसांझको ‘सतलुज’ लाई Zee5 बाट किन हटाइयो ?

दिलजीत दोसांझको ‘सतलुज’ लाई Zee5 बाट किन हटाइयो ?

राम मन्दिर भेटी विवाद: सीसीटीभी फुटेजमा लुगाभित्र पैसा लुकाएको दृश्य

राम मन्दिर भेटी विवाद: सीसीटीभी फुटेजमा लुगाभित्र पैसा लुकाएको दृश्य

मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान दिइएकोमा आभार

मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान दिइएकोमा आभार

प्रधानमन्त्रीसँग एसियाली विकास बैंकका अध्यक्ष मासातोको भेटवार्ता

प्रधानमन्त्रीसँग एसियाली विकास बैंकका अध्यक्ष मासातोको भेटवार्ता

निर्वाचन आयोगमा टीएमसीको जवाफ, विद्रोही पक्षको दाबी ‘ठगीपूर्ण’

निर्वाचन आयोगमा टीएमसीको जवाफ, विद्रोही पक्षको दाबी ‘ठगीपूर्ण’

सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम

सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम

सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा

सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा

आजको रोजाइ