सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम

Share this news

पश्चिम बंगाल सरकारको शिक्षा निर्देशालयको निर्देशनअनुसार शिक्षाविद डा. श्यामाप्रसाद मुखर्जीको स्मरणमा गत २३ जुनदेखि आज ६ जुलाईसम्म दुई सप्ताहव्यापी कार्यक्रमको आज समापन गरियो। उक्त दुई सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कलेजका विद्यार्थी एवम् शिक्षण- गैरशिक्षण कर्मचारीहरूले डा. श्यामा प्रसाद मुखर्जीको जीवन, विचार तथा योगदानबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए। कलेजका प्राचार्य डा. योगेश खातीले डा. मुखर्जीको महान व्यक्तित्व र राष्ट्रप्रतिको योगदानबारे मन्तव्य व्यक्त गर्दै २३ जुनको दिन कार्यक्रमको शुआरम्भको घोषणा गरेका थिए।

उद्घाटन कार्यक्रमअन्तर्गत कार्यपत्र प्रस्तुतिको आयोजना गरिएको थियो। विद्यार्थीहरूले नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा डा. मुखर्जीको जीवन, विचार र ऐतिहासिक योगदानसम्बन्धी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए। उनीहरूको गहन प्रस्तुतीकरणले सहभागीहरूमा डा. मुखर्जीको ऐतिहासिक महत्वबारे थप ज्ञान अभिवृद्धि गराएको थियो।

कार्यक्रमको सञ्चालन अङ्ग्रेजी विभागकी उप प्राध्यापक रतिका सुब्बाले गरेकी थिईन्। प्रथम दिनको कार्यक्रममा प्राचार्य डा. योगेश खातीले डा. मुखर्जीजस्ता महान राष्ट्रनायकको स्मरण गर्नुको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूको कार्यपत्र प्रस्तुतिको प्रशंसा गरेका थिए । २९ जूनको दिन “डा. श्यामा प्रसाद मुखर्जीको जीवन र योगदान” शीर्षकमा विद्यार्थीहरुमाझ पोस्टर निर्माण प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले चित्र, रेखाचित्र तथा अन्य दृश्यात्मक माध्यममार्फत डा. मुखर्जीको महान व्यक्तित्व र राष्ट्रप्रतिको योगदानलाई प्रस्तुत गरेका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी, शिक्षण तथा गैरशिक्षण कर्मचारीहरूमा डा. मुखर्जीको जीवन, कृतित्व, लेखन तथा राष्ट्रनिर्माणमा उहाँले पुर्‍याएका महत्वपूर्ण योगदानबारे जनचेतना अभिवृद्धि गर्नु थियो। प्रतियोगिताको मूल्याङ्कन नेपाली विभागकी डा. रागिनी थापा, अङ्ग्रेजी विभागकी प्रा. डिच्छेन योल्मो तथा राजनीति शास्त्र विभागकी प्रा. सुशीला बराइलीले गरेकी थिईन्। मूल्याङ्कन सिर्जनशीलता, मौलिकता, विषयवस्तुसँगको सान्दर्भिकता, प्रस्तुतीकरण तथा समग्र प्रभावका आधारमा गरिएको थियो।

कार्यक्रममा विद्यार्थी, शिक्षण तथा गैरशिक्षण कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा
प्रथम- पेमा लामु तामाङ (चौथो सत्र,अङ्ग्रेजी मेजर), दोस्रो-रिया विश्वकर्मा(चौथो सत्र, अङ्ग्रेजी मेजर), तेस्रो- साहनाज बेगम(चौथो सत्र, अङ्ग्रेजी मेजर)भएकी थिईन्। यसै कार्यक्रम अन्तर्गत १ जूलाईको दिन डा श्यामाप्रसादको जीवनी र योगदानमाथि विद्यार्थीहरुमाझ निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागीहरूले डा. श्यामा प्रसाद मुखर्जीको जीवन तथा योगदानसम्बन्धी अङ्ग्रेजी र नेपालीमा निबन्ध लेखेका थिए। निबन्ध लेखन प्रतियोगिताको मूल्याङ्कन इतिहास विभागका प्रमुख डा. प्रमोद छेत्री तथा अङ्ग्रेजी विभागका प्रमख रतिका सुब्बाले गरेकी थिईन्।

प्रतियोगिताका उत्कृष्ट तीन जना विद्यार्थीलाई कलेजको प्रेक्षागृहमा आयोजित कार्यक्रममा प्राचार्यले शिक्षण- गैरशिक्षण कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा
प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरु क्रमैले अरलिया राई(दोस्रो सत्र, अङ्ग्रेजी, मेजर), रिया विश्वकर्मा (चौथो सत्र, अङ्ग्रेजी मेजर), प्रियंका कुमारी, (दोस्रो सत्र, इतिहास मेजर) र पोस्टर निर्माण प्रतियोगितामा विजयी हुने उक्त विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरेका थिए।

४ जुलाई २०२६ को दिन डा. श्यामा प्रसाद मुखर्जीको स्मरणमा प्रसार भारतीद्वारा निर्मित डकुमेन्ट्री कलेजका सम्पूर्ण विद्यार्थी, शिक्षण एवम् अशिक्षण कर्मचारीहरूका लागि प्रदर्शन गरिएको थियो।यस डकुमेन्ट्री प्रदर्शनको उद्देश्य डा. मुखर्जीले सशक्त र समृद्ध भारतको परिकल्पना तथा राष्ट्रनिर्माणमा पुर्‍याएका योगदानबारे सहभागीहरूलाई जानकारी प्रदान गर्नु रहेको थियो। लगभग आधा घण्टाको उक्त डकुमेन्ट्री अत्यन्त रोचक र ज्ञानवर्द्धक रहेको थियो। डकुमेन्ट्री प्रदर्शनपछि प्राचार्य डा. योगेश खातीले कार्यक्रमहरूको सान्दर्भिकता, महत्व तथा भारतका यस महान विभूतिप्रति श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यबारे प्रकाश पारेका थिए।

६ जुलाईको दिन डा श्यामाप्रसाद मुखर्जीको १२५ औँ जन्म जयन्ती कलेजको प्रेक्षागृहमा पालन गरी दुई सप्ताहव्यापी कार्यक्रमको समापन भयो। प्राचार्य डा योगेश खातीको अध्यक्षतामा सम्पन्न भएको आजको कार्यक्रममा नेपाली विभागका उप प्राध्यापक मेघनाथ छेत्रीले डा श्याम प्रसाद मुखर्जीको विस्तृत परिचय दिँदै राष्ट्रको निर्माणमा उनले दिएका योगदानहरूको विस्तृत चर्चा गरेका थिए। अङ्ग्रेजी विभागकी उप प्राध्यापक रतिका सुब्बाद्वारा सञ्चालित कार्यक्रममा प्राचार्य डा योगेश खातीले डा श्यामप्रसाद मुखर्जीको स्मरणमा सम्पन्न भएको दुई सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागी बनेका सम्पूर्ण शिक्षण अशिक्षणकर्मीहरू र विद्यार्थीवर्गलाई धन्यवाद दिँदै डा श्यामाप्रसाद मुखर्जीले दिएका विविध योगदानहरूबाट हामी वर्तमान अनि भविष्यका पिढीले पनि धेरै शिक्षाहरू लिनुपर्ने आह्वान गरेका थिए। कार्यक्रममा इतिहास विभागकी प्रा. इलोरा शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन्।


Share this news
आजको रोजाइ
पश्चिम सिक्किम साहित्य परिषदको स्रष्टा अनि उपमान बस्नेत पुरस्कार

पश्चिम सिक्किम साहित्य परिषदको स्रष्टा अनि उपमान बस्नेत पुरस्कार

व्हाट्सएपले केही सम्पर्कहरूलाई हरियो डट सूचक रोल आउट गरिरहेछ

व्हाट्सएपले केही सम्पर्कहरूलाई हरियो डट सूचक रोल आउट गरिरहेछ

इडीले तृणमूलको कोष प्रयोगद्वारा गरिएको लेनदेनको अनुसन्धान

इडीले तृणमूलको कोष प्रयोगद्वारा गरिएको लेनदेनको अनुसन्धान

दिलजीत दोसांझको ‘सतलुज’ लाई Zee5 बाट किन हटाइयो ?

दिलजीत दोसांझको ‘सतलुज’ लाई Zee5 बाट किन हटाइयो ?

राम मन्दिर भेटी विवाद: सीसीटीभी फुटेजमा लुगाभित्र पैसा लुकाएको दृश्य

राम मन्दिर भेटी विवाद: सीसीटीभी फुटेजमा लुगाभित्र पैसा लुकाएको दृश्य

मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान दिइएकोमा आभार

मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान दिइएकोमा आभार

प्रधानमन्त्रीसँग एसियाली विकास बैंकका अध्यक्ष मासातोको भेटवार्ता

प्रधानमन्त्रीसँग एसियाली विकास बैंकका अध्यक्ष मासातोको भेटवार्ता

निर्वाचन आयोगमा टीएमसीको जवाफ, विद्रोही पक्षको दाबी ‘ठगीपूर्ण’

निर्वाचन आयोगमा टीएमसीको जवाफ, विद्रोही पक्षको दाबी ‘ठगीपूर्ण’

सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम

सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम

सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा

सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा

आजको रोजाइ