Siliguri Tea Garden Workers
Siliguri Tea Garden Workers

श्रमिक संगठनहरूको नेतृत्वसंग एचएचटीडीसीएसएस नेतृत्वको बैठक

Share this news

श्रमिकहरूको हितको निम्ति हामी सबै एकबद्ध हुन जरूरी छ: डी के गुरूङ हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले तराई डुवर्स क्षेत्रको श्रमिक संगठनहरूसंग एकबद्ध भएर श्रमिकहरूको हितमा कार्य गर्ने भएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङ र कार्यालय सचिव भीम सुनामले तराई डुवर्स क्षेत्रको श्रमिक संगठनहरूसंग बैठक गर्यो। तीन घण्टा भन्दा लामो समय सम्म चलेको बैठकमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले तराई डुवर्सको श्रमिक संगठनहरूसंग मिलेर श्रमिकहरूको हितमा काम गर्ने निर्णय लिएको जानकारी अध्यक्ष गुरूङले दिएको छ।

हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको संगठन दार्जीलिङ पहाडसंग संगै तराई डुवर्सहरूमा पनि रहेको हुनाले तराई डुवर्स क्षेत्रका श्रमिकहरूको हितमा काम गर्न हामीले तराई डुवर्सको जोइन्ट फोरम तथा श्रमिक संगठनहरूसंग मिलेर काम गर्ने निर्णय लिएको हो।पहाड तथा तराई डुवर्स चिया बगानहरूमा कार्यरत श्रमिकहरूको विभिन्न प्रकारको समस्याहरू छन् जस्तै पी एफ को समस्या,ग्रेचुटी नपाएको गुनासो, दैनिक रोजी भूक्तान नगरेको,मासिक वेतन भूक्तान नगरेको आदि जस्ता धेरै समस्याहरू छन् यी सबै समस्याहरूको समाधानको मार्ग निकाल्न एकबद्ध हुन जरूरी रहेको छ।

त्यसरीनै चिया श्रमिकहरूले विगत धेरै दिन अघिदेखि मिनिमम वेजेसको मांग गर्दै आइरहेको छ,घर जमीनको पर्जा पट्टा आदि जस्ता विषयहरूको तहतसम्म पुग्न हामी सबै एकबद्ध हुन अति नै जरूरी रहेको अध्यक्ष गुरूङले दोहोराए। वर्तमानमा सरकारले प्रधानमंत्री आवास योजना आदि जस्ता विषयहरूको निम्ति फन्ड जारी गरेका छन्,यस विषयमा चर्चा परिचर्चा गर्न भोली मंगलबार जिल्लाधिकारीले पन्जीकृत श्रमिक संगठनहरूलाई बैठकमा निम्ताएको छ।आजको बैठकमा यी सबै विषयहरूमाथि गहन चर्चा परिचर्चा भयो अनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो पक्ष राख्यो साथै भोली मंगलबार सम्पन्न हुने बैठकमा आफुहरूले जिल्लाधिकारीलाई छुट्टै ज्ञापन पत्र चढाउने पनि अध्यक्ष गुरूङले बताए।तिनले अघि भने चिया बगानहरूमा अहिले सबै भन्दा ठूलो समस्या पी एफको समस्या भएको छ। यौ पी एफको समस्याको कारणले गर्दा लङभ्यु चिया बगानको श्रमिकहरूले संघर्ष गर्दै आइरहेको छ।

चिया श्रमिकहरूको समस्याहरूलाई समाधान गर्न समस्त श्रमिक संगठनहरू एकबद्ध हुन जरूरी रहेको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको अध्यक्ष डी के गुरूङले बताएका छन्।

Share this news
आजको रोजाइ
आजको पेट्रोल र डिजेलको मूल्य: ब्रेन्ट कच्चा तेलको मूल्य बढे पनि दिल्ली, मुम्बई, कोलकातामा स्थिर

आजको पेट्रोल र डिजेलको मूल्य: ब्रेन्ट कच्चा तेलको मूल्य बढे पनि दिल्ली, मुम्बई, कोलकातामा स्थिर

बारुईपुर इन्काउन्टर: शमिक भट्टाचार्यले भने- ‘कुनै पनि अपराधीलाई छाडिने छैन’, टीएमसीले भन्यो- ‘जंगलराज’

बारुईपुर इन्काउन्टर: शमिक भट्टाचार्यले भने- ‘कुनै पनि अपराधीलाई छाडिने छैन’, टीएमसीले भन्यो- ‘जंगलराज’

बारुईपुर इन्काउन्टर: ‘जे गर्‍यो, त्यही सजाय पायो’, आरोपी प्रभास मण्डलको मृत्युमा आमाले भनिन्- ‘मलाई शान्ति मिल्यो’

बारुईपुर इन्काउन्टर: ‘जे गर्‍यो, त्यही सजाय पायो’, आरोपी प्रभास मण्डलको मृत्युमा आमाले भनिन्- ‘मलाई शान्ति मिल्यो’

इङ्ग्ल्यान्डसँग भारतको ऐतिहासिक हार, टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो पराजय

इङ्ग्ल्यान्डसँग भारतको ऐतिहासिक हार, टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो पराजय

इङ्गल्याण्डद्वारा भारत १२५ रनले पराजित, पाहुना टोलीको ऐतिहासिक हार

इङ्गल्याण्डद्वारा भारत १२५ रनले पराजित, पाहुना टोलीको ऐतिहासिक हार

ट्रम्पको घोषणा– इरानसँगको युद्धविराम समाप्त, अमेरिकी हवाई आक्रमणपछि मध्यपूर्वमा फेरि तनाव चुलियो

ट्रम्पको घोषणा– इरानसँगको युद्धविराम समाप्त, अमेरिकी हवाई आक्रमणपछि मध्यपूर्वमा फेरि तनाव चुलियो

‘दादा’ को पहिलो पोस्टर सार्वजनिक, सौरव गाङ्गुलीको भूमिकामा राजकुमार राव

‘दादा’ को पहिलो पोस्टर सार्वजनिक, सौरव गाङ्गुलीको भूमिकामा राजकुमार राव

उत्तर बंगालमा चार दिनसम्म भारी वर्षाको चेतावनी, दार्जिलिङ–कालिम्पोङमा रेड अलर्ट

उत्तर बंगालमा चार दिनसम्म भारी वर्षाको चेतावनी, दार्जिलिङ–कालिम्पोङमा रेड अलर्ट

हटाइएपछि अभिनेता कँवलजीत सिंहको प्रश्न– ‘अभिव्यक्ति स्वतन्त्रता कहाँ छ?’

हटाइएपछि अभिनेता कँवलजीत सिंहको प्रश्न– ‘अभिव्यक्ति स्वतन्त्रता कहाँ छ?’

इरानको तेल अर्डर छुट र अमेरिकी प्रतिबन्ध खुकुलो हुने दृष्टिकोणमा निर्भर

इरानको तेल अर्डर छुट र अमेरिकी प्रतिबन्ध खुकुलो हुने दृष्टिकोणमा निर्भर

आजको रोजाइ