जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

Share this news

जीटीएलाई पूर्ण रूपमा खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज हुन पर्छ यो भनाई निर्वाचित सभासद जितेन राईको हो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको निर्वाचित सभासदहरूको बैठक सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय संयोजक तथा निर्वाचित सभासद अजय एडवर्डसको अनुमति अनुरूपनै बैठकको आयोजना गरिएको थियो।दुई घण्टा भन्दा लामो समयसम्म चलेको बैठकपछि पार्टी प्रवक्ता तथा निर्वाचित सभासद जितेन राईले पार्टी संयोजक तथा निर्वाचित सभासद अजय एडवर्डसको विशेष काम भएको हुनाले आजको सभामा वहाँ सामेल भएनन् तर सभा वहाँकै निर्देश अनुरूप सम्पन्न भएको हो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन तथा जीटीए अहिले विघटन हुने स्थितिमा पुगेको छ।

अनित थापाले जीटीए चीफको पदभारबाट राजीनामा दिएपछि जीटीए अचल अवस्थामा पुगेको हो अनि अब जीटीए के हुन्छ भन्ने चर्चाको विषय बन्न पूगेको छ। गत केही दिन अघि हामी निर्वाचित जीटीए सभासदहरूले एउटा बैठक गरेका थियौं अनि उक्त बैठकमा जीटीएलाई सरकारले कस्तो नजरले हेरेको छ भन्ने विषयमा जीटीए सभाको सभा डाक्नु पर्छ भन्ने विषयमाथि उक्त दिनको भेटवार्ता तथा बैठकमा चर्चा गरेका थियौं तर मानिसहरूले त्यसको फोटोलाई मात्र हेरेछन् तर बैठकमा के चर्चा भयो भन्ने विषयमाथि कसैले ध्यान नदिएको हामीले बुझ्यौं।

त्यस दिनको बैठकपछि हामीले प्रेस विज्ञप्ति जारी गरेका थियौं अनि उक्त प्रेस विज्ञप्तिमा हामीले जीटीए थ्री,को कहीँकतै उल्लेख गरेका थिएनौ,जीटीएप्रति सरकारको सोंच जान्नलाई जीटीए सभा बोलाउनु पर्छ भन्ने हाम्रो कुरा रहेको थियो, जीटीए बाधा हो अनि यस बाधा रूपी जीटीएको दस्तावेज दार्जीलिङको चौक बजार,कालेबुङको डम्बर चोकमा जलाएर हुँदैन,बाँचिनै रहन्छ,यस जीटीए एक्टलाई खारिज गर्नलाई बंगाल विधानसभामा के कस्तो पहलहरू गर्नु पर्छ भन्ने विषयमाथि हामीले जीटीए सभाको सभामा प्रस्ताव पारित गर्ने योजना तयार गरेका थियौ।अहिले निर्दलीय सभासदहरूले पनि राजीनामा दिँदैछ तर राजीनामा दिँदैमा जीटीए एक्ट खारिज हुदैन।विगतका दिनहरूमा हाम्रा दाजुहरूले सभासदको पदभारबाट राजीनामा दिएका थिए अनि पछिबाट राज भवनबाट जीटीए सभासदको शपथ ग्रहण गरेर आएको हो, त्यसकारण जीटीएलाई खारिज गर्नु हो भने जीटीए एक्टनै खारिज गरिनु पर्छ, हामी पनि सभासदको पदभारबाट राजीनामा दिनु तयार छौ तर हामीले दिएको राजीनामाले केही कार्य हुन पर्छ भन्ने हाम्रो सोंच हो राईले बताए।जीटीए सभाको सभा बोलाएर हामी जीटीए सभासदको पदभारबाट राजीनामा दिन चाहन्छौं किन कि हामीले दिएको राजीनामा सरकारी कागज भएर जानु जावोस् भन्ने हाम्रो सोंच छ।

अहिले पहाडभरीनै गलत प्रचार प्रसारहरू भई रहेको छ अजय एडवर्डस कुर्सीको भोगी होइन, इण्डियन गोर्खा जनशक्ति फ्रण्टको गठन नै अलग राज्य गोर्खाल्यान्डको निम्ति भएको हो। भारत सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूलाई संबैधानिक व्यवस्था दिन्छु भन्दैछ आईजीजेएफ त्यसकै लागि गठन भएको हो। हामी निर्वाचित सभासदहरूले सभासदको पदभारबाट राजीनामा दिएपछि अहिलेसम्म भएको भष्ट्रचार,धाँधली,घोटाला के हुन्छ? हाम्रो सोंच र विचारमाथि धेरैले विभिन्न प्रकारको प्रश्नहरू तेर्साउँदै आएको छ तर अब उसो भष्ट्रचार हुनु हुँदैन भन्ने हाम्रो सोंच हो।जीटीएलाई 360 करोड बजेट जारी गरेको हामीले समाचार माध्यमद्वारा सुन्ने अवसर पायौं,हामी चार बर्ष जीटीएको विपक्षी बेन्चमा बस्नेहरू हौ,हामीलाई यी फ्रन्डहरूमाथि कुनै चासो छैन, सरकारले प्रशासक नियुक्ति गरेर जीटीए चलाउँछ भने चलाओस तर यस क्षेत्रको निम्ति आएको फ्रन्डमा भष्ट्रचार हुनुहुँदैन, भष्ट्रचार मुक्त पहाड हुन पर्छ भन्ने हाम्रो अडान छ राईले बताए। हामी हाम्रो राजीनामा जीटीए सभामा नै दिनेछौं भन्ने जितने राईले पुनः दोहोराए।

त्यसरी नै निर्वाचित सभासद रोवर्ट छेत्रीले इण्डियन गोर्खा जनशक्ति फ्रण्टले जे जस्तो निर्णय लिन्छ त्यो दार्जीलिङ पहाड तथा गोर्खा जातिलाई हेरेर लिनेछ। सत्ता दलको सभासदहरूले राजीनामा दिए भन्दैमा आईजीजेएफको सभासदहरूले राजीनामा दिँदैन किन कि अनित थापा हाम्रो लिडर होइन,जति बेला हामी चूनावमा ओर्लिएका थियौ,त्यस समय पनि हाम्रो लिडर अजय एडवर्डस नै थिए अनि अहिले पनि अजय एडवर्डस नै छन्। अजय एडवर्डसले भष्ट्रचार गर्दैनन्, आजसम्म जे जति विकासका कार्यहरू गर्दैछ त्यो सबै अजय एडवर्डसले आफ्नो गोजीको पैसाले गर्दैछन् छेत्रीले बताए।अहिले 360 करोडको चर्चा हुँदैछ तर यस भन्दा अघि जीटीएमा कति फन्ड आए त्यस बारे हामीले कहिले राल चुवाउने काम गरेनौ,सत्ता दलको नेतृत्वहरू गोर्खाल्यान्डको मांगप्रति साच्चै इमान्दार हुँदो हो त लोकसभा चूनावमा पराजय हुँदा जीटीए सभासदको पदभारबाट राजीनामा किन दिएनन्?यसमा ठूलो षडयन्त्र छ, आईजीजेएफले चाना दालदेखि लिएर मसुरी दाल लगायत अन्य भष्ट्रचारहरूको पोल खोल्दै आएको हुनाले अहिले डर र संत्रासको कारणले गर्दा सभासदको पदभारबाट राजीनामा दिएको हो भन्ने सभासद छेत्रीले बताए।भष्ट्रचारको विरोधमा आईजीजेएफ इमान्दारिताको साथ खडा भएको छ तर अब भाजपाको घटक दलहरूले के गर्छ त्यो हेर्नु पर्छ।अण्डा कसैमाथि फाल्नु पर्ने त्यो विस्तार विस्तार स्पष्ट हुनेछ।

आईजीजेएफ भष्ट्रचारमा डुबेको छैन जाँच गर्दा पनि हुन्छ तर भष्ट्रचारको श्रोत्र खोल्ने हो भने भाजपा घटक दलको साथीहरू भष्ट्रचारमा लिप्त रहेको भेटाउँछ,भष्ट्रचारीहरूलाई हामी छोडदैनौ,भोलीको दिनमा दिने मान्छेले खुशीसंग गोर्खाल्यान्ड नै दियो भने पनि यति धेर भष्ट्रचार छ भने के गर्नु। आईजीजेएफ भष्ट्राचारविहीन पार्टी हो तर हाम्रो सोंच स्पष्ट छ भोलीको दिनमा लाल कोठीमा जो कोही बसोस तर भष्ट्रचार नहोस् भन्ने हाम्रो स्पष्ट अडान हो छेत्रीले बताए।धेरै टाडोको कुरा नगरौ गत 2017 मा सरकारले जीटीएको हिसाब किताब खोज्दा हाम्रो दाजुहरूले आन्दोलन गरेको हो, त्यो आन्दोलनमा धेरै शहिद भएका छन्।फेरि आएर राल काटदै काटदै त्यौ ठाउँमा पुग्ने कोशिष गर्दैछ।भष्ट्रचारको विरोधमा खडा हुने पार्टी भनेकै आईजीजेएफ हो,यहाँ सीबीआई आवोस् कि ईडी आवोस् तर आईजीजेएफले भष्ट्राचारको जरादेखि नै खोज्दै आउँदैछ।


Share this news
आजको रोजाइ
जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

आजको रोजाइ