महासंघले जनजाति माग कोट्याउदै विष्टसित भेट

Share this news

दार्जीलिङ,26 जून(निसं): बुधबार, गोर्खा भारतीय जनजाति महासंघको अध्यक्ष एमएस राईको 
अगुवाइमा उपाध्यक्ष सचेन राई दुमी, सहसचि उमेश मुखिया अनि महेन्द्र भुजेलको एउटा प्रतिनिधि मण्डलले दार्जीलिङका 
सांसद राजु विष्टलाई उनको कार्यालयमा भेटघाट गरे । गत विधान सभा चुनावमा भाजपा पार्टीको अभूतपूर्व जितमा उनको
 महत्वपूर्ण भुमिकाको रहेकोमा प्रशंसा गर्दै एउटा बधाई पत्र अर्पण गरे। गोर्खा भारतीय जनजातिमाथि विश्वास गरेर गत 16
 जुनको दिन मुख्यमन्त्री शुवेन्धु अधिकारीको खर्साङ भ्रमण कार्यक्रमलाई सफल पार्न विभिन्न जातीय संस्थाहरूलाई संयोजन 
गरि कार्यक्रममा उपस्थित गराई दिने अभिभारा सुम्पिएकोमा साथै मुख्य मन्त्रीलाई व्यक्तिगत रूपमा बधाई टक्राउने अवसर
 प्रदान गरि दिएकोमा पनि सांसदलाई विशेष धन्यवाद टक्राए । अन्तिम क्षणमा सूचित गरिएता पनि दार्जीलिङ अन्तर्गतका 
विभिन्न जातगोष्ठीहरूमा भुजेल, गुरुङ, खस, खम्बु राई, मंगर, नेवार, सुनुवार मुखिया, थामी, जोगी, याक्खा देवान, धिमाल,
 तामाङ, लेप्चा, लिम्बु, शेर्पा, भुटिया, सार्की, विश्वकर्म, ख्रिष्चियन- आरसी अनि सीएनआई, विहारी, मारवाडीलगायत
 बंगालीहरू उपस्थित रहेर उक्त कार्यक्रमलाई सफल पारिदिए वापत सम्पूर्ण जातीय संघ-संस्थाहरूलाई गोर्खा भारतीय
 जनजाति महासंघको पक्षबाट आभार प्रकट गर्दछ। अब छोडिएका 11 जातगोष्ठीलाई अनुसूचित जनजातिको मान्यता 
दिलाउन कुनै अड्चन नरहेको हुँदा यथाशिघ्र यस विषय सक्रीय पहल गरिदिने अनुरोध गर्दै एउटा ज्ञापनपत्र पनि अर्पण गरे ।
 यस सौहार्दपुर्ण भेटघाटमा सांसदले जनजाति माग विषय गोर्खा भारतीय जनजाति महासंघको निष्ठा र सक्रिय भुमिकाको 
प्रशंसा गर्दै उनले यो मुद्दाले अवश्य अनि यथाशिघ्र न्याय पाउने कुरा प्रतिनिधि समक्ष दोहराये। यसै सन्दर्भमा गोर्खा भारतीय
 जनजाति महासंघले चाँडै एउटा महत्वपूर्ण कार्यक्रम आयोजन गर्ने निधो गरिएको जानकारी महासचिव अमिट
 थापामंगरले दिएका छन् ।

Share this news
आजको रोजाइ
जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

आजको रोजाइ