मिनिमम वेजेसको मांगमा एचएचटीडीसीएसएसको श्रम मंत्रीलाई ज्ञापन

Share this news

डबल इन्जीनको सरकारले चिया बगानहरूमा मिनिमम वेजेस जारी गर्ने दिशामा आफुहरू पूर्ण आशावादी रहेको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले बताएका छन्।हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङको नेतृत्वमा सिलगढीको डागापूर स्थित श्रमिक भवनमा अतिरिक्त श्रमायुक्तसंग भेट गर्यो।यस भेटवार्ताको क्रममा अतिरिक्त श्रमायुक्तको माध्यमद्वारा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राज्यको श्रम मंत्री अर्जुन सिंहलाई ज्ञापन पत्र चढाएका छन्।

यसै संदर्भमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङले डबल इन्जीनको सरकारले चिया बगानहरूमा मिनिमम वेजेस जारी गर्ने दिशामा आफुहरू आशावादी रहेको बताए।तिनले अघि भने चिया बगानहरूमा मिनिमम वेजेस लागु गरियोस भन्दै हामीले विगतको सरकार समक्ष मांग गरेका थियौ अनि हाम्रो मिनिमम वेजेसको विषय माथि सम्बंधित विभागले आफ्नो पक्षबाट कामहरू गर्दै आइरहेको थियो।मिनिमम वेजेसको विषयमाथि हामी निरन्तर रूपमा लागि परेका छौ।

गत दिन चूनावको कारणले हाम्रो कार्यलाई सुस्त रूप दिएका थियौ तर अहिले डबल इन्जीनको सरकार आएको छ।श्रम मंत्रालय अर्जुन सिंहलाई सुम्पिएको हुनाले चिया श्रमिकहरूको अवस्था बारे अवगत गराउन साथै मिनिमम वेजेस जारी गर्ने मांग गर्दै, हामीले अतिरिक्त श्रमायुक्तको माध्यमद्वारा श्रम मंत्री अर्जुन सिंहलाई ज्ञापन पत्र चढाएका छौं। चिया श्रमिकहरू चिया बगानमा आठ घण्टा खटेर 250 रूपिया पाउँछ अनि त्यसमा 30 रूपिया पीएफको लागि काट्दा सिर्फ 220 रूपिया प्राप्त गर्छ,अहिलेको महंगाइमा यति थोरै रोजीले घर परिवारको पालन पोषण गर्न धेरै गाह्रो पर्छ।

गत चुनावमा भारतीय जनता पार्टीले चिया श्रमिकहरूको रोजीमा वृद्धि गर्ने वाचा पनि गरेका थियो, अहिले राज्य अनि केन्द्र दुवैमा भाजपाको सरकार छ, डबल इन्जीनको सरकारले चिया बगानहरूमा मिनिमम वेजेस अवश्य जारी गर्नेछ भन्ने विषयमा हामी आशावादी छौं अध्यक्ष गुरूङले पुनः दोहोराए। मिनिमम वेजेस जारी नभएसम्म अन्तरिम व्यवस्था गरिदिने साथै श्रमिकहरूको दुख समस्याहरू मंत्री अर्जुन सिंह समक्ष राख्नलाई मंत्रीसंग भेटने समय मिलाई दिने अतिरिक्त श्रमायुक्त समक्ष हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राखेको छ।

Share this news
आजको रोजाइ
फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

महासंघले जनजाति माग कोट्याउदै विष्टसित भेट

महासंघले जनजाति माग कोट्याउदै विष्टसित भेट

आजको रोजाइ