GNLF Darjeeling all party unity Y Lama
GNLF Darjeeling all party unity Y Lama

दार्जीलिङ पहाडको लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने: वाई लामा

Share this news

दार्जीलिङ पहाडको समग्र हित, विकास तथा जनआकांक्षालाई केन्द्रमा राखेर सबै राजनीतिक दल तथा पक्षहरू एकजुट हुनुपर्नेमा गोरखा राष्ट्रिय मुक्ति मोर्चा का प्रवक्ता वाई लामाले जोड दिएका छन्। आज आयोजित पत्रकारलाई सम्बोधन गर्दै उनले दार्जीलिङ पहाडका लागि सरकारले सकारात्मक र दीर्घकालीन व्यवस्था ल्याउने सोच बनाइरहेको वर्तमान अवस्थामा कुनै पनि प्रकारको अवरोध सिर्जना गर्नु उचित नहुने बताएका छन्। पहाडको भविष्य र जनहितलाई प्राथमिकता दिँदै सबै राजनीतिक शक्तिहरूले साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो। यसै सन्दर्भमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) का संस्थापक अध्यक्ष तथा जीटीएका प्रमुख कार्यकारी अनित थापाले आफ्नो पद तथा सभासद पदबाट दिएको राजीनामालाई स्वागतयोग्य कदमको रूपमा लिँदै लामाले यसलाई जनभावनाको सम्मान र पहाडप्रतिको उत्तरदायित्वको उदाहरण बताएका छन्।

प्रवक्ता लामाले पहाडको समग्र हितलाई ध्यानमा राख्दै अन्य विपक्षी दलका सभासदहरूले पनि आफ्नो पदबाट राजीनामा दिएर जनभावनाको कदर गर्नुपर्ने धारणा व्यक्त गरे। उनले वर्तमान परिस्थितिमा राजनीतिक मतभेदभन्दा माथि उठेर पहाडको स्थायी समाधान, विकास र जनहितका मुद्दामा सबै दलले साझा धारणा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।उनले दार्जीलिङ पहाडका जनताको हितका लागि अघि बढाइने कुनै पनि सकारात्मक पहलमा कसैले बाधा सिर्जना गर्नु नहुने बताउँदै सहकार्य, समझदारी र एकताको मार्ग अपनाउन सबै पक्षलाई आग्रह गरे। पत्रकार सम्मेलनमा बोल्दै लामाले वर्तमान समय दार्जीलिङ पहाडका लागि अत्यन्तै महत्वपूर्ण मोड भएको उल्लेख गर्दै राजनीतिक दल, सामाजिक संघसंस्था तथा सर्वसाधारण नागरिकबीच सामूहिक प्रयास र सहकार्यको भावना बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार पहाडको उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नु आजको प्रमुख आवश्यकता बनेको छ।

Share this news
आजको रोजाइ
तृणमूल कांग्रेसका विद्रोही सांसदहरूले ममता बनर्जीलाई सधैं सम्मान गर्ने

तृणमूल कांग्रेसका विद्रोही सांसदहरूले ममता बनर्जीलाई सधैं सम्मान गर्ने

तृणमूल कांग्रेसकी सांसद रचना बनर्जीद्वारा २० सांसदको विद्रोहको बयान

तृणमूल कांग्रेसकी सांसद रचना बनर्जीद्वारा २० सांसदको विद्रोहको बयान

भारत र अमेरिका दुई देशबीचको साझेदारी भविष्यमा अझ बलियो हुने अपेक्षा

भारत र अमेरिका दुई देशबीचको साझेदारी भविष्यमा अझ बलियो हुने अपेक्षा

दार्जीलिङ पहाडको लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने: वाई लामा

दार्जीलिङ पहाडको लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने: वाई लामा

अठाह्रौं शदीमा,डाँका “सेना”सँग डराउँथे, शुभेन्दु सरकारले यसलाई जगाउने 

अठाह्रौं शदीमा,डाँका “सेना”सँग डराउँथे, शुभेन्दु सरकारले यसलाई जगाउने 

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

केन्द्रीय मन्त्री शोभा करन्दलाजेले एमएसएमई पहलहरूको गरिन् समीक्षा 

केन्द्रीय मन्त्री शोभा करन्दलाजेले एमएसएमई पहलहरूको गरिन् समीक्षा 

प्रेस अभिव्यक्ति स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण क्षेत्रमा दूरसञ्चार

प्रेस अभिव्यक्ति स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण क्षेत्रमा दूरसञ्चार

मेरो सरकार गोर्खाल्याण्डको स्थायी समाधानमा पुग्न प्रतिबद्ध छः राज्यपाल

मेरो सरकार गोर्खाल्याण्डको स्थायी समाधानमा पुग्न प्रतिबद्ध छः राज्यपाल

खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

आजको रोजाइ