Padma Shri Geeta Upadhyay honoured Assam government Sati Sadhani Award 2026 Gorkha community pride Sahitya Akademi
Padma Shri Geeta Upadhyay honoured Assam government Sati Sadhani Award 2026 Gorkha community pride Sahitya Akademi

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

Share this news

आगामी कलागुरु विष्णुप्रसाद राभा दिवसको अवसरमा असम सरकारले घोषणा गरेको राज्यस्तरीय सम्मान तथा पुरस्कारहरूमध्ये, गोर्खा हरुको लागि गौरवको विषय बनेकी छन प्रतिष्ठित शिक्षाविद्, साहित्यकार तथा अनुवादक पद्मश्री गीता उपाध्याय। समाजसेवा, शिक्षा तथा साहित्यका क्षेत्रमा जीवनभर पुर्‍याएको अतुलनीय योगदानको सम्मानस्वरूप असम सरकारले उहाँलाई २०२६–२७ वर्षको प्रतिष्ठित ‘सती साधनी पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ। सन १९३९ फेब्रुअरी १४ मा तत्कालीन दराङ (हाल बिश्वनाथ) जिल्लाको गंगमौथान गाउँमा जन्मनुभएकी गीता उपाध्याय असमका महान स्वतन्त्रता सेनानी छबिलाल उपाध्यायकी नातिनी हुनुहुन्छ। उहाँ असमको गोर्खा जातिबाट स्नातक तथा स्नातकोत्तर उपाधि हासिल गर्ने पहिलो महिला हुनुहुन्छ, जसले शिक्षा र महिला सशक्तीकरणको क्षेत्रमा ऐतिहासिक उदाहरण प्रस्तुत गर्नुभएको छ। भारतीय गोर्खा परिसंघ राष्ट्रिय समितिले रजत जयन्ती वर्ष विशेष ‘राष्ट्रिय गोर्खा गौरव’ सम्मान ले 2025 सन् मा विभूषित व्यक्तित्व हुन गीता उपाध्याय।

भारतीय गोर्खा परिसंघ को असम राज्य समितिको प्रतिष्ठापक अधक्ष्य रहेर जाति सेवा गर्नुहुने पद्मश्री गीता उपाध्याय राजनीतिशास्त्रकी प्राध्यापिका हुनु हुन्थ्यो । वहाँले शिवसागर कलेजमा तीन दशकभन्दा बढी अध्यापन गर्नुभयो। त्यसपछि उहाँ तेजपुर विश्वविद्यालयको बोर्ड अफ म्यानेजमेन्टको सदस्यसमेत रहनुभयो। उहाँले नेपाली र असमिया साहित्यबीच सांस्कृतिक सेतु निर्माण गर्ने उद्देश्यले दुई दर्जनभन्दा बढी कृति लेख्न तथा अनुवाद गर्नुभएको छ।उहाँका चर्चित कृतिहरूमध्ये ‘जन्मभूमि मेरो स्वदेश’, ‘जीवनलाई फर्केर हेर्दा’, ‘महापुरुष शङ्करदेव: जीवन र कर्म’, तथा विश्वप्रसिद्ध ‘द डायरी अफ एनी फ्राङ्क’ को नेपाली र असमिया अनुवाद विशेष रूपमा उल्लेखनीय छन्। उहाँको उपन्यास ‘जन्मभूमि मेरो स्वदेश’ का लागि साहित्य अकादेमी पुरस्कार प्राप्त भएको थियो भने ‘कारेङ्गर लिगिरी’ को नेपाली अनुवादका लागि साहित्य अकादेमी अनुवाद पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो। असमिया र नेपाली साहित्यबीचको सांस्कृतिक समन्वयलाई सुदृढ बनाउन तथा शिक्षा र सामाजिक क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै भारत सरकारले सन् २०२५ मा उहाँलाई देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ बाट विभूषित गरेको थियो। स्वास्थ्य अवस्थाका कारण उहाँ दिल्लीमा आयोजित सम्मान समारोहमा उपस्थित हुन नसक्नुभएकाले असम सरकारका मन्त्रीहरूले उहाँको तेजपुरस्थित निवासमै पुगेर पद्मश्री सम्मान हस्तान्तरण गरेका थिए। असम सरकारद्वारा ‘सती साधनी पुरस्कार’का लागि गरिएको यो घोषणाले शोणितपुर जिल्लाका बासिन्दा, असमका सम्पूर्ण साहित्यप्रेमी तथा गोर्खा समुदायमा हर्ष र गौरवको वातावरण सिर्जना गरेको छ। उहाँको जीवन, साहित्यिक साधना र सामाजिक योगदान भावी पुस्ताका लागि प्रेरणाको अनुपम स्रोतका रूपमा रहने विश्वास गरिएको छ।

भारतीय गोर्खा परिसंघ ले असम राज्यको प्रतिष्ठापक अधक्ष्यलाई अभिनन्दन जनायो।

भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मूलसचिव नन्द किराती देवानले परिसंघकी संस्थापक अध्यक्ष, साहित्य अकादेमी पुरस्कार विजेता तथा पद्मश्री सम्मानित गीता उपाध्यायलाई असम सरकारद्वारा २०२६–२७ वर्षको प्रतिष्ठित ‘सती साधनी पुरस्कार’ प्रदान गर्ने घोषणा भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। बधाई सन्देशमा मूलसचिव देवानले भन्नुभएको छ कि राष्ट्रिय गोर्खा गौरव गीता उपाध्यायलाई प्रदान गरिएको यो सम्मान केवल उहाँको व्यक्तिगत उपलब्धिको स्वीकृति मात्र नभई, राष्ट्रनिर्माण, शिक्षा, साहित्य, भाषा, संस्कृति तथा सामाजिक रूपान्तरणमा गोर्खा समुदायले पुर्‍याउँदै आएको समर्पित योगदानको पनि उच्च सम्मान हो। उहाँले गीता उपाध्यायले नेपाली र असमिया साहित्यबीच सांस्कृतिक सेतु निर्माण गर्दै राष्ट्रिय एकता, भाषिक सद्भाव र साहित्यिक आदानप्रदानलाई सुदृढ बनाउन पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्नुभयो। देवानले विश्वास व्यक्त गर्नुभयो कि गीता उपाध्यायज्यूको जीवन, साहित्यिक साधना र समाजप्रतिको समर्पणले भावी पुस्तालाई प्रेरित गरिरहनेछ तथा सम्पूर्ण भारतीय गोर्खा समुदायका लागि गौरवको विषय बनेर रहनेछ।।अन्त्यमा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिले पद्मश्री गीता उपाध्यायज्यूको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सृजनशील जीवनको कामना गर्दै यस ऐतिहासिक उपलब्धिका लागि पुनः हार्दिक बधाई ज्ञापन गरेको छ।

–नन्द किराँती देवान।

Share this news
आजको रोजाइ
खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

आजको रोजाइ