GNLF Mirik branch Subash Ghising birth anniversary June 22 2026 Manju tea garden memorial park Darjeeling
GNLF Mirik branch Subash Ghising birth anniversary June 22 2026 Manju tea garden memorial park Darjeeling

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीको एक महत्वपूर्ण बैठक ब्रान्च अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भयो। बैठकले आउँदो २२ जुन २०२६ का दिन गोरामुमोका संस्थापक तथा पूर्व अध्यक्ष स्वर्गीय सुवास घिसिङको जन्मोत्सव भव्य रूपमा मनाउने निर्णय गरेको छ।बैठकमा सुवास घिसिङको जन्मोत्सव मञ्जु चियाबारीस्थित सुवास घिसिङ स्मृति पार्क तथा समाधिस्थलमा आयोजना गर्ने सर्वसम्मत निर्णय गरिएको छ। उक्त कार्यक्रममा मिरिक ब्रान्च अन्तर्गतका चारवटै समष्टि—थर्वु डुप्टिन, मिरिक, सौरेनी तथा तराईले सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यसैबीच, जीटीएका चेयरम्यान अनित थापाले आफ्नो पद तथा सभासद पदबाट राजीनामा दिएको विषयमा पनि बैठकमा छलफल भएको थियो। गोरामुमो मिरिक ब्रान्चले अनित थापाको निर्णयप्रति आभार व्यक्त गर्दै बाँकी सबै सभासदहरूले पनि तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। साथै, कुनै नयाँ संवैधानिक व्यवस्था लागू नभएसम्म जीटीएलाई एक जना आईएएस अधिकारीको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिनुपर्ने धारणा बैठकले सार्वजनिक गरेको छ।

बैठकमा ब्रान्च अध्यक्ष महेन्द्र खड्का, सचिव राजकुमार रिजाल, सहसचिव विशाल सुब्बा र दीपक गजमेर, थर्वु डुप्टिन समष्टि अध्यक्ष बन्दना राई, मिरिक समष्टि अध्यक्ष प्रसित राई, सौरेनी समष्टि उपाध्यक्ष टिका राणा, सचिव अशोक प्रधान, तराई समष्टि अध्यक्ष कर्ण प्रधान, भूपू सैनिक संगठनका केन्द्रीय उपाध्यक्ष समीर तामाङ, मिरिक समष्टि उपाध्यक्ष डीबी घिसिङ, एसबी तुम्रोक, डीबी छेत्री, दिवस सुब्बा, पारस तामाङ लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो। उक्त जानकारी गोरामुमो मिरिक ब्रान्चका कार्यालय सचिव सहदेव रनपहेलीद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

Share this news
आजको रोजाइ
खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

आजको रोजाइ