Duwarseli Gorkha Bhawan Siliguri
Duwarseli Gorkha Bhawan Siliguri

मन्त्री लामा र विधायक लिम्बुले डुवर्सेली गोर्खा भवन निर्माणमा सघाउने

Share this news

राज्य मन्त्री श्री विशाल लामा लगायत विधायक लछुमण लिम्बुबाट डुवर्सेली गोर्खा भवन निर्माण समितिलाई भवन निर्माणमा सहयोग गरिने भएको छ। सिलगढ़ी स्थित चम्पासारी, मिलन मोड़को एउटा होटेलमा डुवर्सेली गोर्खा भवन निर्माण समितिको वार्षिक सभा संपन्न भयो। सभामा पूर्व डुवर्स, मध्य डुवर्स, पश्चिम डुवर्स लगायत सिलगढ़ी तराईमा छरिएर बसेका डूवर्सेली सर्जक अनि कार्यकारी समितिका सदस्यहरुको उपस्थिति थियो। बिहान 10.30 बजी देखि आरम्भ भएको सभामा भवन निर्माण समितिले भर्खरै नव निर्वाचित पाँचै गोर्खे विधायकहरुलाई सम्बर्धनाको निम्ती निम्त्याइएको थियो, भने राज्य मन्त्री श्री विशाल लामा, खरसाङ विधायक श्री सोनाम लामा, अनि मदारीहाट विधानसभा विधायक श्री लछुमण लिम्बुको उपस्थिति थियो ।

मंत्री श्री विशाल लामाले आफू डुवर्सेली गोर्खा भवन निर्माण समिति संग धेरै दिन देखि आबद्ध रहेको र अब निर्माण समितिलाई पुर्ण रूपमा सहयोग गर्न सक्षम भनेर जनाएको छ। त्यसरीनै विधायक श्री लछुमण लिम्बूले पनि आफ्नु पूर्ण सहमति अनि सहयोग जनाए । यो वार्षिक सभामा कार्यकारिणी समितिलाई पनि री-सफल गरीयो । अध्यक्ष श्री दावा बोम्जनले नव नियुक्त पदाधिकारिगणका नामको घोषणा गर्नु भो। जयगाउँ डुवर्सका सर्जक अनि सामाजिक कार्यकर्ता श्री पेमा रोइकाजुलाई सचिवको दायित्व भार प्रदान गरियो, श्री सुवर्ण क्षेत्रीलाई कोषाध्यक्ष, जयगाँव वाटा श्री मनोज प्रधानलाई डुवर्सेली गोर्खा भवनको प्रवक्ता चयन गरियो ।

विरपाड़ा दलमोर वाटा श्री स्वागन थापालाई डुवर्सेली गोर्खा भवनको मुख्य संयोजक राखिएको छ। त्यसरीनै पूर्व डुवर्स, मध्य डुवर्स अनि पश्चिम डुवर्सबाट क्रमैले श्री जगन्नाथ उपाध्याय, श्री सुरज भुजेल अनि श्रीमति मीरा बिस्वकर्मालाई उप सभापति चयन गरियो, श्री सञ्जय तामाङ, सुश्री रचना थापा, श्री भोजराज भुजेल, श्री उदिप राणा अनि डेनियल छेत्रीलाई कार्यकारि समितिमा शामिल गरिएको छ। उक्त सभामा डा० जीवन राणा, डा० असुधा मंगर, डा० सुदास लामा, श्री पंकज लामा जस्ता गणमान्यजन आदिका उपस्थिती रहेका थियो।

नयाँ कार्यकारी समितिले योजनालाई अघि लैजाने छलफल गरियो । विगतको दिनमा सांसद श्री राजु बिष्ट अनि श्री मनोज तिग्गाले पनि डुवर्सेली गोर्खा भवन निर्माण समितिलाई सहयोग राशि प्रदान गरिने घोषणा गर्नु भएको छ। अझै थप अरु धनराशि संग्रह गरेर झट्टै डुवर्सेली गोर्खा भवनको जमीनको पंजीकरण गरीने त्यसपछि निर्माण तिर लाग्ने सभामा सहमति भएको एउटा विज्ञप्ति मार्फत डुवर्सेली गोर्खा भवनको महासचिव श्री प्रभात थापा मंगरले जनाएको छ।

Share this news
आजको रोजाइ
खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

आजको रोजाइ