विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

Share this news

दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले कालेबुङको नोभेल्टी सिनेमा हल नजिक ९ माइलमा नव-निर्मित चार-तले आवासीय भवनको उद्घाटन गर्ने अनि त्यसमा आठ पात्र परिवारहरूलाई घरको चाबी हस्तान्तरण गरे। यस पुण्य कार्यमा माननीय कालेबुङ विधायक भरत क्षेत्री, जीटीए सचिव तथा एसडीओ कालेबुङले साथ दिनुभएको विष्टले बताए।

यी आठ परिवारहरूले अत्यन्तै आवश्यक नोभेल्टी कार अनि बस पार्किङ्ग सुविधाको निर्माण निम्ति जमीनमाथि आफ्नो दावी र आजीविकाको स्रोतलाई उदारतापूर्वक त्यागेर त्यो ठाउँ खाली गरेका थिए। उनीहरूको त्यस योगदानलाई मान्यता दिँदै उनीहरूलाई आवास उपलब्ध गराउने वाचा गरिएको थियो।

जीटीए-ले उनीहरूका लागि मात्रै भनेर ₹१.३१ करोड़ कुल लागतको परियोजनामा एउटा सुन्दर चार-तले आवासीय भवनको निर्माण गराएको थियो। यो आवासीय भवन तीन वर्ष अगावै तयार भइसकेको भए तापनि विभिन्न प्रक्रियात्मक अनि प्रशासनिक कारणहरूले गर्दा घरका चाबी उनीहरूलाई हस्तान्तरण हुन सकेको थिएन।

अन्ततया त्यो ढिल्याइँलाई सच्च्याएर यी आठ परिवारहरूलाई घरका चाबी औपचारिक रूपले हस्तान्तरण गरिएको छ। प्रत्येक परिवारसँग अब यस आधुनिक भवनमा आफ्नै सुरक्षित अनि आरामदायक आवासीय एकांश छ। यी परिवारले सार्वजनिक हितका लागि आफ्नो भूमि दिएका थिए, र त्यसैले एक गरिमापूर्ण आवास प्राप्त गर्ने अधिकार उनीहरूलाई थियो। यी सबै परिवारहरूलाई यतिका वर्षसम्म उनीहरूले देखाएको धैर्य अनि समझदारीका लागि धन्यवाद ज्ञापन गरे। यस आवासीय भवनको उद्घाटन केवल चाबी हस्तान्तरण गर्ने कार्यक्रम मात्रै नभएर, न्याय प्रदान गरिएको घटना हो। यस नयाँ आवासीय भवनले सबै आठ परिवारहरूका लागि खुशियाली, शान्ति, अनि समृद्धि ल्याओस् भन्ने कामना गरे।

Share this news
आजको रोजाइ
लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

आजको रोजाइ