“हाम्रो स्वाभिमान ट्रस्ट” द्वारा दिल्लीको यमुना तट (राम घाट) मा बृहत् सरसफाइ

Share this news

सामाजिक तथा मानवीय सेवामा अग्रणी संस्था “हाम्रो स्वाभिमान ट्रस्ट”ले दिल्ली सरकारद्वारा सञ्चालित “यमुना सफाई अभियान” अन्तर्गत आरएसएस पर्यावरण मोर्चासँग सहकार्य गर्दै सक्रिय सहभागिता जनाएको छ। यस अवसरमा दिल्लीस्थित यमुना नदीको पवित्र तट राम घाटमा ट्रस्टको सम्पूर्ण टोलीले सामूहिक रूपमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो।

नदी किनारको स्वच्छता तथा वातावरण संरक्षणप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ट्रस्टका पदाधिकारी, सदस्य तथा स्वयम्सेवकहरू बिहानैदेखि उत्साहपूर्वक सरसफाइ अभियानमा जुटेका थिए। अभियानका क्रममा घाट क्षेत्रमा छरिएका प्लास्टिकजन्य फोहोर, पुराना लुगाकपडा तथा अन्य विसर्जित सामग्रीहरू संकलन गरी उचित व्यवस्थापन गरिएको थियो।

मुख्यमंत्री श्रीमती रेखा गुप्ता दिल्ली सरकारको आह्वानमा सञ्चालन गरिएको यस मेगा यमुना सफाई अभियानमा ५०० भन्दा बढी सामाजिक तथा स्वयंसेवी संस्थाहरूको सहभागिता रहेको थियो। “हाम्रो स्वाभिमान ट्रस्ट”ले पनि वातावरण संरक्षण तथा सामाजिक चेतना अभिवृद्धिमा आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ। अभियान सफलतापूर्वक सम्पन्न भएपछि ट्रस्टका प्रमुख नेतृत्वकर्ता प्रेम क्षेत्री, श्रीमती अनिता ज्ञावली, राकेश प्रधानले पवित्र तथा महत्वपूर्ण कार्यमा आफ्नो अमूल्य समय, श्रम र सहयोग प्रदान गर्ने सम्पूर्ण स्वाभिमानी साथीहरू, सहयोगीहरू तथा स्वयम् सेवकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

साथै, ट्रस्टले आगामी दिनहरूमा दिल्ली क्षेत्रमा वृक्षारोपण, वातावरण संरक्षण तथा “अपरेशन शुद्धि” लगायतका सामाजिक अभियानहरूलाई अझ व्यापक रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत जनाएको छ।

Share this news
आजको रोजाइ
लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

आजको रोजाइ