सिलगढीको निर्माणमा बाघवीर गुरूङ र पूण्यप्रसाद प्रधानको ठूलो योगदान छ

Share this news

सिलगढी महानगरको निर्माण कार्यमा श्रद्वेय बाघवीर गुरूङ र श्रद्वेय पूण्यप्रसाद प्रधानको ठूलो योगदान रहेको छ यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसको हो।भानुभक्त समितिले आज सिलगढी गुरूङ बस्ती क्षेत्रमा श्रद्वेय बाघवीर गुरूङको सालिग अनावरण गर्यो।त्यसरी नै प्रधान नगर क्षेत्रमा श्रद्वेय पूण्य प्रसाद प्रधानको सालिग अनावरण गर्यो।आयोजित सालिग अनावरण कार्यक्रममा आयोजक भानुभक्त समितिले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसलाई आज ऐतिहासिक कार्यक्रममा साक्षी बन्ने निम्तो दिएका थिए।

सिलगढी महा नगर निर्माण गर्नमा श्रद्वेय बाघवीर गुरूङ साहेब अनि श्रद्वेय पूण्य प्रसाद प्रधान साहेबको ठूलो योगदान रहेको एडवर्डसले बताए।तिनले अघि भने सिलगढी जस्तो महानगरमा गुरूङ बस्ती,प्रधान नगर गोर्खा जातिको परिचय बन्न पूगेको छ।आज मैले गुरूङ साहेब अनि प्रधान साहेबको परिवारहरूसंग भेटने अवसर पाए अनि धेरै खुशी लागेको तिनले बताए।यस पटक बंगाल विधानसभामा हाम्रो पाँच जना गोर्खाहरू विधायक निर्वाचित भएर गएको छ,यो हामी गोर्खाहरूको निम्ति धेरै खुशीको विषय हो।

आजको कार्यक्रममा मैले मंत्रीहरूसंग पनि भेट गरेको अजय एडवर्डसले बताए।सिलगढी महानगरको निर्माण कार्यक्रममा गुरूङ साहेब,प्रधान साहेबले जमीन प्रदान गरेर ठूलो योगदान पूराएको छ।सिलगढी दिन प्रति दिन विकसित बन्दै जाँदैछ,बिल्डिङहरूको निर्माण फटाफट हुँदै जाँदैछ,हाम्रो मानिसहरूले पनि फ्लैटहरू किन्दै जाँदैछ यो राम्रो कुरा हो,सिलगढी महानगरमा हाम्रो मानिसहरू धेरै आउँदैछ।सिलगढीमा रहेका सबै जाति समुदायहरूसंग हामी मिलेर बस्नु पर्छ, हामीले हाम्रो संस्कृति,परम्परा साथै जातीय चिन्हारीलाई जोगाएर बस्नु पर्छ भन्ने अजय एडवर्डसले आह्वान गरे।

Share this news
आजको रोजाइ
लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

आजको रोजाइ