Gymkhana Club Employees Meeting
Gymkhana Club Employees Meeting

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

Share this news

जिमखाना क्लबका कर्मचारीहरूको माग श्रम उपायुक्तसँग भेटवार्ता गरेको थियो सम्बोधनका लागि हिमालयन प्लान्टेशन वर्कर्स युनियन टोलीद्वारा श्रम उपायुक्तसँग भेटवार्ता गरेको थियो। जिमखाना क्लब कर्मचारी संगठनले आफ्ना विभिन्न मागहरू समेटिएको चार्टर अफ डिमान्ड मिति ०३ अप्रिल २०२६ मा सम्बन्धित व्यवस्थापन तथा विभाग समक्ष पेश गरेको भए पनि हालसम्म कुनै पनि माग कार्यान्वयन नभएको गुनासो गरिएको छ।

यसै सन्दर्भमा हिमालयन प्लान्टेशन वर्कर्स युनियन का महासचिव एस. के. लामा तथा जिमखाना क्लब कर्मचारी संगठनका सदस्यहरूको प्रतिनिधिमण्डलले श्रम उपायुक्त (DLC) कार्यालयमा पुगेर कर्मचारीहरूको जायज माग तथा समस्याबारे विस्तृत छलफल गरेको छ।

भेटवार्ताका क्रममा प्रतिनिधिमण्डलले जिमखाना क्लबका कर्मचारीहरूले लामो समयदेखि भोग्दै आएका विविध समस्याहरू प्रस्तुत गर्दै चार्टर अफ डिमान्डमा उल्लेखित मागहरू शीघ्र कार्यान्वयन गर्न आवश्यक पहल गरिदिन श्रम विभागसँग आग्रह गरेको थियो। कर्मचारीहरूको सेवा–सुविधा, कार्यस्थलको अवस्था तथा श्रमिक अधिकारसँग सम्बन्धित मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो।

श्रम उपायुक्त कार्यालयका अधिकारीहरूले प्रतिनिधिमण्डलको कुरा गम्भीरतापूर्वक सुनेका साथै विषयवस्तुको आवश्यक अध्ययन गरी कानुनी तथा प्रशासनिक प्रक्रियाअनुसार आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्। एचपीडब्ल्युले कर्मचारीहरूको हक, हित तथा कल्याणका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्दै जिमखाना क्लबका कर्मचारीहरूको जायज मागहरू चाँडै सकारात्मक रूपमा सम्बोधन हुने विश्वास व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

आईजीजेएफ टोलीले इन्टरलोक्युटर पंकज कुमार सिहसंग गर्यो भेट

आईजीजेएफ टोलीले इन्टरलोक्युटर पंकज कुमार सिहसंग गर्यो भेट

कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

आजको रोजाइ