IGJF Members meet Pankaj Kumar Singh
IGJF Members meet Pankaj Kumar Singh

आईजीजेएफ टोलीले इन्टरलोक्युटर पंकज कुमार सिहसंग गर्यो भेट

Share this news

गोर्खाहरूको दीर्धकालिन चाहनाको नेतृत्व गैर राजनैतिक संगठनहरू गरे लक्ष्यमा पुग्न सक्ने एन वी खवासले बताएका छन्। गोर्खाहरूको दीर्धकालिन मांगलाई गैर राजनैतिक संगठनहरूले नेतृत्व गर्दा अविलम्ब लक्ष्यमा पुग्न सकिन्छ भन्ने हामीलाई लागेको छ यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारी सदस्य एन वी खवासको हो।गैर राजनैतिक संगठनहरूको नेतृत्वहरूसंग आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारी सदस्य एन वी खवास,फिन्जो वाङगेल गुरूङ,त्रिभूवन राई र भर्नेन व्रीटो लेप्चाको टोलीले इन्टरलोक्युटर पंकज कुमार सिंहसंग भेट गरेको बताए।यस भेटवार्तामा कालेबुङको गैर राजनैतिक संगठन अलग राज्य मांग समिति,बाट प्रभाकर देवन,डाक्टर जी एस योन्जन उपस्थित थिए,त्यसरी नै अखिल भारतीय गोर्खालीग पार्टीको पक्षबाट प्रताप खाती उपस्थित थिए।एक घण्टा जति लामो भेटवार्तापछि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यकारी सदस्य एन वी खवासले इन्टरलोक्युटर पंकज कुमार सिंहलाई गोर्खाहरूको चाहना,पहाड तराई डुवर्सको चाहना के छ भन्ने कुरा स्पष्ट बताएका छौ।

गोर्खाहरूको मांग तथा पहाड तराई डुवर्सको समस्याहरूलाई समाधान गर्न इन्टरलोक्युटर नियुक्ति गरी सकेको छ,सरकारको यस पहललाई हामीले सौभाग्यको रूपमा लिएका छौ,हामी दिल्ली जानु पर्ने हो तर दिल्ली यहाँ नै आएको छ,यो हाम्रो निम्ति अहोभाग्य हो खवासले बताए।तिनले अझ भने इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले गोर्खाहरूको निम्ति भारतभित्र छुट्टै संविधानिक व्यवस्था हुन पर्छ भन्ने मांग गर्दै आई रहेको छ।गोर्खाहरूको दीर्धकालिन मांगलाई राजनैतिक पार्टीहरूले नेतृत्व गर्नु भन्दा गैर राजनैतिक संगठनहरूले नेतृत्व गरेको खण्डमा यसले लक्ष्य प्राप्ति शीघ्रनै गर्न सक्छ भन्ने हाम्रो धारणा छ।यै धारणालाई आत्मासात गर्दै आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टले गैर राजनैतिक संगठनहरूको नेतृत्वहरूसंग इन्टरलोक्युटरसंग भेट गरेका हौ भन्ने तिनले बताए।

इन्टरलोक्युटर पंकज कुमार सिंहलाई हामीले बंगालदेखि बाहिरो तर भारतभित्र गोर्खाहरूको निम्ति छुट्टै संविधानिक व्यवस्था हुन पर्छ भन्ने कुरा स्पष्ट राखेका छौ।राजनैतिक पार्टीहरूले हाम्रो चाहनाको नेतृत्व गरेको खण्डमा भोलीको दिनमा कहीँ न कहीँ सम्झौता गर्ने चाहना अधिक देखा पर्छ,राजनैतिक पार्टीहरूको बाध्यताहरू पनि हुन्छ तर गैर राजनैतिक संगठनहरूमा त्यस्तो बाध्यता हुँदैन,त्यसले गर्दा गोर्खाहरूको दीर्धकालिन चाहना टुंगोमा पूग्न सक्छ भन्ने हाम्रो सोंच छ खवासले बताए।हामीले इन्टरलोक्युटर पंकज कुमार सिंहलाई बंगालदेखि बाहिरो तर भारतभित्र संविधानिक व्यवस्था गोर्खाहरूलाई चाहिएको छ भन्ने विषय ज्ञापन पत्रद्वारा जनाएका छौ।इन्टरलोक्युटरले हामीले राखेको विषयलाई साकारात्मक रूपमा लिएको एन वी खवासले बताए।

Share this news
आजको रोजाइ
फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

आईजीजेएफ टोलीले इन्टरलोक्युटर पंकज कुमार सिहसंग गर्यो भेट

आईजीजेएफ टोलीले इन्टरलोक्युटर पंकज कुमार सिहसंग गर्यो भेट

कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

आजको रोजाइ