Delo Park tourist dispute
Delo Park tourist dispute

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईरइजीजेएफ

Share this news

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईजीजेएफ मिरिक अध्यक्ष इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाले कालिम्पोङको डेलो पार्कमा प्रवेश शुल्कलाई लिएर पर्यटकहरू र गेटकिपरहरूबीच भएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त घटनालाई निन्दनीय बताएका छन्। लामाले दार्जिलिङ पहाडको पर्यटन उद्योग विकसित बन्न पर्यटकहरूको आगमनले अहम भूमिका खेल्ने बताएका छन्। दार्जिलिङ पहाडको पर्यटन उद्योगलाई हेर्दा युगौँदेखि पर्यटक र पहाडवासीबीचको सम्बन्ध प्रगाढ रहेको छ। यस्तो अवस्थामा जुन प्रकारको घटना डेलो पार्कमा देखापर्‍यो, त्यो अत्यन्तै दुःखद घटना भएको उनले बताएका छन्।

लामाले पहाड घुम्न आउने पर्यटकहरूलाई सुविधा र अतिथि सत्कार दिन हालसम्म कोही पनि पछि नपरेको उल्लेख गर्दै “अतिथि देवो भवः” को मूलमन्त्रलाई नै पहाडले आत्मसात गरेको बताएका छन्। यहाँ घुम्न आउने पर्यटकहरूले पनि आफूलाई सुरक्षित महसुस गर्ने गर्छन्। यस्तो सुन्दर वातावरणमा कतिपय पर्यटकहरूले अशान्ति सिर्जना गर्ने किसिमका गतिविधि गर्नु खेदजनक भएको उनको भनाइ छ।उनले पर्यटकहरू पर्यटकजस्तै र पर्यटन सरोकारवालाहरू आफ्नो भूमिकामा रहेमा कुनै विवाद सिर्जना नहुने बताउँदै डेलो पार्कको विवादले भविष्यमा अर्को समस्या निम्त्याउन नपरोस् भन्ने आफ्नो धारणा रहेको बताएका छन्। साथै, यस्तो वातावरण सिर्जना हुन नदिन सम्बन्धित निकाय र व्यवस्थापन समितिले ठोस पहल गर्नु अत्यन्त आवश्यक रहेको उनले बताएका छन्। लामाले व्यक्तिगत आक्षेप र हैकमवाद अब अन्त्य हुनुपर्नेमा जोड दिँदै पहाडको सुन्दर वातावरणमा पर्यटक, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायले मिलेर कार्य गर्न सके सबैका लागि हितकर हुने बताए। उनले भविष्यमा डेलो पार्कजस्तो घटना पुनः नदोहोरियोस् भनेर प्रशासन तथा सम्बन्धित निकायलाई ठोस कदम चाल्न आग्रह समेत गरेका छन्।

Share this news
आजको रोजाइ
सांसद राजु विष्टले प्र.म. मोदीलाई ४,३९९ दिन पूरा गरेकोमा दिए वधाइ

सांसद राजु विष्टले प्र.म. मोदीलाई ४,३९९ दिन पूरा गरेकोमा दिए वधाइ

असीमित कमेडीको लागि तयार रहौं, धमाल ४ हलहरूमा आउँदैछ

असीमित कमेडीको लागि तयार रहौं, धमाल ४ हलहरूमा आउँदैछ

शुभेन्दु मन्त्रिपरिषद् कार्यालयहरूको वितरण, कसले कुन- कुन विभाग पाए ?

शुभेन्दु मन्त्रिपरिषद् कार्यालयहरूको वितरण, कसले कुन- कुन विभाग पाए ?

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईरइजीजेएफ

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईरइजीजेएफ

भ्रष्टाचार बिरूद्ध डबल इञ्जिनको भाजपा सरकारले न्यायिक कदम चालुन्

भ्रष्टाचार बिरूद्ध डबल इञ्जिनको भाजपा सरकारले न्यायिक कदम चालुन्

नेहरूको रेकर्ड तोड्दै, मोदी लगातार ४,३९९ दिनसम्म प्रधानमन्त्री रहने पहिलो नेता

नेहरूको रेकर्ड तोड्दै, मोदी लगातार ४,३९९ दिनसम्म प्रधानमन्त्री रहने पहिलो नेता

बंगालका महिलाहरूले ₹३६,००० प्राप्त गर्नेछन्, त्यसको लागि गर्न पर्ने जानकारी

बंगालका महिलाहरूले ₹३६,००० प्राप्त गर्नेछन्, त्यसको लागि गर्न पर्ने जानकारी

संकटको समयमा दिदीका नजिकका सांसदहरूले उनलाई पिठ्यूँ फर्काए

संकटको समयमा दिदीका नजिकका सांसदहरूले उनलाई पिठ्यूँ फर्काए

उन्नत एआई र रोबोटिक्स प्रविधिको इलेक्ट्रिक स्कुटर- ओमोवे ओमो एक्स

उन्नत एआई र रोबोटिक्स प्रविधिको इलेक्ट्रिक स्कुटर- ओमोवे ओमो एक्स

दार्जीलिङका १६ बोर्डहरूको वित्तीय लेखा परीक्षण गरिनेछ: अग्निमित्र

दार्जीलिङका १६ बोर्डहरूको वित्तीय लेखा परीक्षण गरिनेछ: अग्निमित्र

आजको रोजाइ