बिजनबारी,20 मई(निसं): हालै सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टीले राज्यमा दुई तिहाइ सगै पहाडको तीनैवटा थुम्कोमा जीत हासिल गरेसगै पहाडको राजनैनिक समीकरण बदलिदै गरेको छ। एक समयमा क्षेत्रलाई प्रतिनिधित्व गर्न नेताहरु खोजीरहने भाजपामा प्रवेश गर्नेहरूको अहिले लर्को लाग्न थालेको छ। जिल्ला नेतृत्वहरुदेखी बुथ स्तरीय नेतृत्वहरु समावेश कार्यक्रममा ब्यस्त छन अहिले।
ग्रामीण स्थानीय निर्वाचीत सदस्यहरुदेखि लिएर नेता तथा साधरण सदस्यहरु भाजपा जान थालेपछि मानो सर्वसाधारणले अन्य पार्टीलाई मुर्दालाई जुम्राले छोडे सरह गर्दैछन। यसैबीच विगत लामो समयदेखि सक्रिय राजनीतिबाट केही समय मौन रहेका पुल बिजनबारी गोक समष्टिको नेतृत्व गरिसकेका क्षेत्रका कद्दावर नेताहरुमा गनिने सिरिमान राई आइतबार भाजपामा सामेल भएका छन। उनीसगै राजकुमार लामा तथा मुख्यत गोक दुई ग्रामका सयौँ समर्थकहरु पनि भारतीय जनता पार्टी (भाजपा) मा औपचारिक रूपमा शामिल भएको बताइएको छ।
दार्जिलिङ जिल्ला भाजपा कार्यालयमा आयोजित कार्यक्रमबीचमा सिरिमान राई लगायत अन्य सामेल भए। यसैबीच जिल्ला अध्यक्ष सञ्जीव लामाले राई तथा उहाँका सम्पूर्ण सहयोगीहरूलाई पार्टीमा स्वागत गर्दै संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे भने उक्त सहभागिताले बिजनबारी क्षेत्रमा भाजपा संगठन थप मजबुत हुने विश्वास लिइएको छ।
अर्कोतिर आफू लामो समयदेखि राजनीतिमा निष्क्रिय रहदै सामाजिक क्रियाकलापमा व्यस्त हुदै आएको भए पनि अबदेखि राजनीतिकै माध्यमबाट समाजलाई सेवा गर्ने मन बनाएको समर्थनपछि राईले बताए। यस्तै भारतीय जनता पार्टी पुल बिजनबारी गोक मण्डल अधिनस्त गोक दुई ग्रामको बुथसख्या २३/५५ (पदेङ अनि कोम) मा आइतबार धन्यवाद कार्यक्रम सगै समर्थन कार्यक्रमको आयोजना गरियो। कार्यक्रम मण्डल महासचिव दिपेन
कोइराला मण्डल महिला अध्यक्ष उमा निरौला लगायतको बिशेश रूपमा उपस्थिति थियो भने हालै सप्पन्न विधानसभा चुनावमा भाजपालाई अभुतपुर्व जीत दिलाउन मतदान गर्ने सम्पुर्णलाई आभार प्रकट गरियो। यसैबीच पदेङ तथा कोमका दर्जनौ गाउँलेहरु विभिन्न पार्टीलाई परित्याग गर्दै भाजपामा सामेल भएको मण्डल महासचिव दिपेन कोइरालाले बताएका छन।












