दार्जीलिङ,29 अप्रेल(निसं): सञ्जु छेत्रीलाई सल्लाहकार नियुक्ति गरेको थियो कि थिएन, जीटीएले स्पष्टीकरण दिनुपर्छ भनी जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) सभासद तथा ईण्डियन गोर्खा जनशक्ति फ्रन्ट) संयोजक अजय एडवर्ड्सले एक प्रेस विज्ञप्ति जारी गर्दै जीटीए समक्ष प्रश्न राखेका छन्।
प्रेस विज्ञप्तिमा अजय एडवर्ड्सले भनेका छन्, सञ्जु छेत्रीलाई जीटीएको कृषि, भूमि तथा भूमि सुधार, कृषि तथा रेशम विभागको सल्लाहकारको पदबाट हटाइएको थियो कि उनले राजीनामा दिएका थिए भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले जीटीएसमक्ष स्पष्टीकरणको माग गरेका छन्। भारत सरकारले गरिबी रेखामुनिका परिवारहरूका लागि दाल योजना जारी गरेको छ।
भारत सरकारको दाल योजना अन्तर्गत जीटीएले 47 हजार मेट्रिक टन चना दाल माग गर्दै अर्जी-पत्र पेश गरेका थिए र भारत सरकारको दाल योजनाले जीटीएलाई 14 हजार 5 सय मेट्रिक टन दाल स्वीकृत गरेको आरटीआई रिपोर्टमा खुलासा भएको छ।
उनले भनेका छन्, 14 हजार 5 सय मेट्रिक टन भनेको 1 करोड 40 लाख किलो चना दाल भारत सरकारको चना दाल योजनाले जीटीएलाई स्वीकृत गरेको खुलासा भएको छ। जीटीएले सञ्जु छेत्री नामक एक व्यक्तिलाई गत 2024 सालमा भारत सरकारको चना दाल योजना अन्तर्गत अर्जी-पत्र पेश गर्न पठाएको आरटीआईमा खुलासा भएकोछ।
आरटीआई रिपोर्ट सार्वजनिक भएपछि जीटीएको पीआरओ एसपी शर्मा र विभागीय सभासद सतीश पोखरेलले सञ्जु छेत्रीलाई जीटीएको कृषि, रेशम तथा भूमि सुधार विभागको सल्लाहकारको रूपमा आधिकारिक रूपमा नियुक्ति गरिएको थिएन भन्ने जस्ता बयानले चना दाल काण्डमा नयाँ विवाद थपिएको छ।
गत 4 मार्च 2024 साल जीटीएको भूमि तथा सुधार, कृषि र रेशम विभागले एक अधिसूचना जारी गरेर सञ्जु छेत्रीलाई सल्लाहकार पदमा नियुक्ति गरिएको कुरा उल्लेख गरेका छन् र उक्त अधिसूचनाको प्रतिलिपि प्रमुख सचिव जीटीए, सचिव जीटीए, जीटीए वित्त नियन्त्रक, जीटीएको प्रमुख अभियन्ता, जीटीएको कृषि, भूमि तथा भूमि सुधार विभागीय कार्यकारी निर्देशकहरू, मुख्य कार्यकारी जीटीए, ओएसडी आदि विभागीय अधिकारीहरूलाई जारी गरिएको थियो।
अर्कोतिर, 11 अप्रिल 2025 साल सञ्जु छेत्रीले आफ्नो राजीनामा-पत्र जीटीएको कृषि, भूमि तथा सुधार रेशम विभागलाई सुम्पिएको खबर छ। आफ्नो राजीनामा पत्रमा सञ्जु छेत्रीले उल्लेख गरे अनुसार, म तपाईंलाई सुस्वास्थ्यको कामना गर्दछु। यस पत्रमार्फत म आफ्नो सल्लाहकार पदबाट तत्काल प्रभावदेखि लागू हुने गरी औपचारिक रूपमा राजीनामा दिन चाहन्छु भनेका छन्।
एड्वर्ड्सले भनेका छन्, जीटीएले यी सबै विषयहरूको स्पष्टीकरण दिनुपर्छ भन्ने आईजीजेएफ संयोजक अजय एडवर्ड्सले आफ्नो माग गरेका छन्।












