Madhu Karki lieutenant Manipur
Madhu Karki lieutenant Manipur

काङपोक्पी जिल्ला, चारहजारे (मोटबुङ)की मधु कार्की बनिन् लेफ्टिनेन्ट

Share this news

भारतको पहाडी भू–भागमा जन्मिएका गोर्खाली सन्तानहरूले देशसेवामा देखाउँदै आएको साहस, समर्पण र वीरताको अर्को उज्यालो उदाहरणका रूपमा लेफ्टिनेन्ट मधु कार्की उदाएकी छिन्।
मणिपुर राज्य अन्तर्गत काङपोक्पी जिल्लाको चारहजारे (मोटबुङ) निवासी हवल्दार यम बहादुर कार्की र श्रीमती हिमा कार्कीकी सुपुत्री मधु कार्की भारतीय सेनामा लेफ्टिनेन्ट (Nursing Officer) पदमा नियुक्त भई सम्पूर्ण देशका लागि गौरवको विषय बनेकी छिन्। सन् २०२२ मा ‘मिलिटरी नर्सिङ सर्भिस (MNS)’ मा छनोट भएकी मधुले आफ्नो लक्ष्यप्रति दृढ रहँदै कोलकातास्थित कमान्ड हस्पिटल, इस्टर्न कमान्डमा कठोर प्रशिक्षण पूरा गरिन्।

निरन्तर मिहिनेत, अनुशासन र आत्मविश्वासको बलमा उनले आज यो सम्मानित पद हासिल गर्न सफल भएकी हुन्। एक हवल्दार बाबुकी छोरीले अफिसरको दर्जा हासिल गर्नु केवल व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण गोर्खाली समुदायको गौरव हो।

विशेषगरी “Women in Uniform” का लागि मधुको उपलब्धि एक शक्तिशाली प्रेरणाको स्रोत बनेको छ। यसले स्पष्ट सन्देश दिन्छ—परिस्थिति जस्तोसुकै भए पनि दृढ इच्छाशक्ति र मेहनतले सफलता अवश्य सम्भव हुन्छ। पश्चिम बङ्गालको कालिम्पुङ लगायत भारतका पहाडी क्षेत्रहरूमा बसोबास गर्नेसमुदायका लागि मधुको सफलता नयाँ ऊर्जा र आशाको किरण बनेको छ। उहाँको उपलब्धिले युवापुस्तालाई देशसेवामा लाग्न प्रेरित गर्नुका साथै नारी सशक्तीकरणको मार्ग अझ मजबुत बनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ