असमको शोणितपुर जिल्ला अन्तर्गत लोक्रा स्थित सुनेपाम निवासी डा. दीप ज्योति गुरुङ हाल असम स्किल युनिभर्सिटीको अनुप्रयुक्त प्रबंधन विभागमा सहायक प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ वित्त, मार्केटिङ तथा उपभोक्ता मनोविज्ञान विषयमा विशेष दक्षता राख्नुहुन्छ।
डा. गुरुङले तेजपुर विश्वविद्यालय बाट विद्यावारिधि (PhD) हासिल गर्नुभएको हो। उहाँको अनुसन्धान क्षेत्र मुख्य रूपमा मार्केटिङ, उपभोक्ता व्यवहार, पर्यटन तथा सामाजिक सञ्जाल मार्केटिङमा केन्द्रित रहेको छ। शैक्षिक क्षेत्रमा उहाँले आधुनिक शिक्षण प्रणालीअनुसार MBA तथा BBA कार्यक्रमका लागि पाठ्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक तथा अनुसन्धानमुखी शिक्षा प्राप्त गर्न सहयोग पुर्याइरहेको छ। उहाँको निरन्तर शैक्षिक योगदान तथा अनुसन्धानले असम मात्र नभई सम्पूर्ण पूर्वोत्तर क्षेत्रको शैक्षिक विकासमा उल्लेखनीय टेवा पुर्याइरहेको छ। डा. गुरुङ जस्ता समर्पित र प्रतिभाशाली शिक्षाविद्हरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरिरहेका छन्। हिमालय दर्पणको तर्फबाट डा. दीप ज्योति गुरुङलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन्छ।












