Tikjek safety barrier North Bengal
Tikjek safety barrier North Bengal

तिक्जेक भिरमा अन्ततः सुरक्षा बार जडान कार्य सुरु भएको छ

Share this news

गेजिङ र लिङ्चोमलाई जोड्ने मुख्य सडक खण्ड अन्तर्गत पर्ने तिक्जेक भिरमा अन्ततः सुरक्षा बार जडान कार्य सुरु भएको छ। गेजिङ जिल्लामा पर्ने याङ्थाङ क्षेत्र यो स्थान वर्षौंदेखि अत्यन्त जोखिमपूर्ण मानिँदै आएको यस भिरमा सुरक्षाको अभावले स्थानीय बासिन्दा तथा यात्रुहरू निरन्तर त्रासमा यात्रा गर्न बाध्य थिए। अहिले भने उक्त जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले करिब आधा किलोमिटर लामो क्षेत्रमा सुरक्षा बार निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ। तिक्जेक भिर प्राकृतिक रूपमा निकै भयानक र चुनौतीपूर्ण भू–भाग हो। यहाँबाट तलतिर नजर पुर्‍याउँदा सातो जाने अवस्था हुन्छ भने माथितिर फर्केर हेर्दा झनै असहज र जोखिमपूर्ण अनुभूति हुन्छ। यति खतरनाक भिर हुँदाहुँदै पनि स्थानीय धेरै परिवारहरूले कोइरी चलाउने तथा गिट्टी कुट्ने जस्ता काममार्फत आफ्नो जीविकोपार्जन गर्दै आएका छन्, जसले उनीहरूको साहस र संघर्षलाई झल्काउँछ। यस सडक खण्डमा यात्रा गर्दा माथिबाट ढुंगा खस्ने जोखिम सधैं रहने भएकाले दुर्घटनाको सम्भावना उच्च रहँदै आएको छ।

स्थानीय बासिन्दा तथा पुराना यात्रुहरूको भनाइअनुसार, सन् १९८०–८१ तिर निर्माण गरिएको यो बाटोले धेरै अप्रिय घटनाहरूको साक्षी बनेको छ। हालै गत मार्च महिनाको दोस्रो साता पनि एक टाटा सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाउनुपरेको दुःखद घटना यसै भिरमा भएको थियो, जसले सुरक्षाको आवश्यकता झनै उजागर गरिदिएको छ।

उल्लेखनीय कुरा के छ भने, सन् १९९० तिर यस क्षेत्रमा दुई स्थानमा सुरक्षा बार जडान गरिएको थियो। तर समयसँगै ती संरचनाहरू पूर्ण रूपमा नष्ट भइसकेका छन् र अहिले तिनको नामनिशानसमेत देखिँदैन। यसरी लामो समयदेखि उपेक्षित रहँदै आएको समस्यालाई समाधान गर्न गेजिङ जिल्ला प्रशासनले सक्रियता देखाएको हो। जिल्ला पाल तेन्जिङ डि डेन्जोपा को अगुवाइमा तथा सडक विभागको पहलमा आइतबारको बिदाको दिनसमेत नभनी काम सुरु गरिएको हो। सम्बन्धित विभागका अभियन्ता तथा कर्मचारीहरू अहोरात्र खटिएर कामलाई छिटो सम्पन्न गर्ने प्रयासमा जुटेका छन्। जिल्ला पाल स्वयं पनि दैनिक रूपमा कार्यस्थलमा पुगेर प्रगतिबारे निगरानी गरिरहेका छन्, जसले कार्यप्रति सरकारी प्रतिबद्धता स्पष्ट देखाउँछ।

यस महत्वपूर्ण पहलप्रति स्थानीयवासी विद्यार्थी कर्मचारी, अभिभावकदेखि हाटबजार जाने सर्वसाधारणसम्म सबैले खुशी व्यक्त गरेका छन्। उनीहरूको विश्वास छ कि सुरक्षा बार जडान भएपछि यस सडक खण्डमा यात्रा गर्न सुरक्षित र सहज हुनेछ, जसले भविष्यमा हुने सम्भावित दुर्घटनाहरूलाई उल्लेखनीय रूपमा घटाउनेछ। अन्ततः तिक्जेक भिरमा सुरु गरिएको यो सुरक्षा कार्य केवल संरचनात्मक सुधार मात्र नभई जनजीवनको सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील कदम हो। यसले विकाससँगै सुरक्षालाई प्राथमिकता दिनुपर्ने सन्देश पनि प्रवाह गरेको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ