Man Ghising speech Darjeeling
Man Ghising speech Darjeeling

जातिप्रेमी, माटोप्रेमी गोर्खा, पहाड, तराई, डुवर्सका सबैप्रति घिसिङको आभार

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले भने, आज पश्चिम बंगाल विधानसभा चुनावको प्रचार–प्रसारको अन्तिम दिनसम्म पहाडमा शान्तिपूर्ण वातावरणमा सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएकोमा म सम्पूर्ण जाति–प्रेमी, माटो–प्रेमी गोर्खा सन्तानहरू तथा पहाड, तराई र डुवर्सका सबै समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी सबैले एकआपसमा मेलमिलाप, भाइचारा र सद्भावका साथ बसेर लोकतन्त्रको यो महान् पर्वलाई सम्मानपूर्वक अघि बढाएका छौं। यस चुनावी अभियानको क्रममा मेरो दलका शीर्ष नेतृत्ववर्ग, केन्द्रीय समिति, ब्राञ्च कमिटी, समष्टि प्रतिनिधिहरू तथा सम्पूर्ण कार्यकर्ताहरूले दिनरात खटेर महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ। उहाँहरूको अथक मेहनत, समर्पण र प्रतिबद्धताप्रति म हार्दिक आभार व्यक्त गर्दछु। साथै, हाम्रो गठबन्धन दलका शीर्ष नेतृत्ववर्ग, प्रतिनिधिहरू र कार्यकर्ताहरूले पनि प्रचार–प्रसार अभियानलाई सफल, शान्तिपूर्ण र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँहरू सबैप्रति पनि म विशेष धन्यवाद व्यक्त गर्दछु। यसका साथै, अन्य राजनीतिक दलहरूले पनि चुनावी माहोललाई शान्तिपूर्ण बनाउन सहयोग पुर्‍याएका छन्।

लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न उहाँहरूको योगदान पनि सराहनीय रहेको छ।चुनावी प्रचार–प्रसारको सम्पूर्ण अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न भूमिका निर्वाह गर्ने पुलिस प्रशासनप्रति पनि म हार्दिक आभारी छु। उहाँहरूको सतर्कता र जिम्मेवारीले गर्दा पहाडमा शान्तिपूर्ण वातावरण कायम रहन सफल भएको छ। त्यसैगरी, निष्पक्ष र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गराउने सम्पूर्ण प्रेस तथा मिडिया कर्मीहरूलाई पनि म धन्यवाद ज्ञापन गर्दछु। अन्त्यमा, आगामी २३ अप्रेल २०२६ को दिन हुने मतदानमा पहाड, तराई र डुवर्सका सम्पूर्ण जनतालाई भारी संख्यामा मतदान गरी लोकतन्त्रलाई अझ सुदृढ बनाउन हार्दिक अपिल गर्दछु।

यसअघि चुनाव प्रचार प्रसार कार्यक्रममा बिधायक निरज जिम्बा , केन्द्रीय समिति उपाध्यक्ष एन बी छेत्री , सेक्रेटरी जनरल ऋषि थापा , केन्द्रीय समिति प्रतिनिधिबर्ग , खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा , दार्जीलिङ ब्राञ्च अध्यक्ष एम जी सुब्बा , मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का , गोरामुमो कालेबुङका प्रतिनिधिबर्ग भ्रातृसंगठनका प्रतिनिधिबर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए । खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङले आजको चुनावी प्रचार प्रसार विषय लिएर जानकारी गराउदै भने , बिजेपी गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउनको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङले प्रचार प्रसारको क्रममा समष्टि अनि शाखा प्रशाखाका प्रतिनिधिबर्गलाई मुल मन्त्र दिएका छन् । हामीले बिजेपीलाई सघाएको मुद्दाको निम्ति हो । पार्टीले जुन निर्णय गरे यसमा चुनावमा मात्र होइन चुनाव पछि पनि जाति र माटोको उन्मुक्तिको ठूलो टेवा पुग्ने छ । अध्यक्ष मन घिसिङले सबैलाई दार्जीलिङ , खर्साङ अनि कालेबुङमा सहि तालमेल मिलाएर प्रचार प्रसार गर्दै भारी मतले जिताउने निर्देशन दिएका छन् । बिजेपीले घोषणा पत्रमा प्रथममानै दार्जीलिङ पहाड अनि गोर्खाहरुको स्थायी राजनैतिक समाधान लेखिएको छ यसको निम्ति हामी आभारी रहेको मन घिसिङले बताए।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ