गुराँस फुल्ने पहाडमा अब कमल फुल्नु हुँदैन : विजय कुमार राई 

Share this news

दार्जीलिङ,20 अप्रेल(निसं): पहाडमा परिवर्तन आउँदैछ। जनताले सही पार्टी, सही नेता र सही सिद्धान्तलाई अँगालेका छन्। उनले अनित थापाको नेतृत्वको प्रशंसा गर्दै भने कि थापाको सोच र सिद्धान्तकै कारण पहाड शान्तिको मार्गमा अघि बढेको छ र आगामी दिनमा यो क्षेत्र झनै शान्तिमय बन्नेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) समर्थित उम्मेदवार विजय कुमार राईले जनसम्बोधन भनेका छन्।
आगामी 23 अप्रिलमा हुन लागेको विधानसभा निर्वाचनको सन्दर्भमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) समर्थित उम्मेदवार विजय कुमार राईले दार्जीलिङ पहाडका मतदाताहरूलाई सम्बोधन गर्दै आफ्नो पार्टीको विजयप्रति दृढ आत्मविश्वास व्यक्त गरे।
सम्बोधनको क्रममा राईले भने,युवाहरूको रोजगार समस्यालाई उठाउँदै राईले भने, आजको दिन रोजगारका लागि हाम्रा युवाहरू सिलगढी झर्न बाध्य छन्। अब हामी पहाडमै रोजगारको अवसर सिर्जना गर्ने संकल्प लिएका छौं। उनले आफ्नो संकल्प पत्रका हरेक बुँदा इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
राईले दार्जीलिङको आर्थिक मेरुदण्ड मानिने चियाबारीको मुद्दालाई सर्वोच्च प्राथमिकता दिइने बताए। साथै दार्जिलिङ हिमालयन रेलवे (डीएचआर)-को सन्दर्भमा उनले भने,यो हाम्रो धरोहर हो, तर यसलाई ट्याक्सी सरह चलाउने व्यवस्थाले हाम्रा चालक दाजुभाइहरूलाई अन्याय गरेको छ। यो अब सहन गरिने छैन।
बीजेपी(भारतीय जनता पार्टी) माथि तीखो प्रहार गर्दै राईले भने, बीजेपीले पहाडलाई दीर्घकालसम्म धोका दिएको छ। त्यस धोकाको जवाफ पहाडबाट कमल हटाएर दिनुपर्छ। उनले थपे,यो पहाड गुराँस फुल्ने पहाड हो, यहाँ कमल फुल्न दिइने छैन।
सम्बोधनको अन्तमा राईले भावुक हुँदै भने, आगामी 23 अप्रेल जनताले टर्च लाइट चिह्नमा मत हालेर आफ्नो आक्रोश प्रदर्शन गर्नेछन्। यो जित विजय कुमार राईको जित होइन,यो सम्पूर्ण पहाडको जित हुनेछ। दार्जीलिङ पहाडमा मतदान आगामी 23 अप्रेलमा हुनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ