Shobha Chettri join BGPM Darjeeling
Shobha Chettri join BGPM Darjeeling

GJM खरसाङ टाउन सेक्रेटेरी शोभा छेत्री अनि उनको समुह BGPM मा सामेल 

Share this news

BGPM अध्यक्ष अनित थापाले भने, शोभा अनि म सँगै राजनीतिमा थियौँ। मैले मेरो राजनीतिक मार्ग परिवर्तन गरें तर उनी विमल दाज्यु सँग नै रहिन्। पहाडको राजनीतिक परिवेश परिवर्तन भएको छ। राजनीतिक संस्कार अनि सोचमा परिवर्तन आएको छ। शोभा ज्युले पनि बुझ्नुभयो अब पहाडमा झुक्याउने अनि छलको राजनिती टिक्दैन। तर अनित थापाको व्यावहारिक अनि रचनात्मक राजनीति नै पहाडको निम्ति हितकारी रहेको छ।

आज उहाँ आफ्नो समूह सँग फेरि एकपल्ट पहाडको निम्ति केही गर्नुपर्छ भन्ने सोच लिएर हामी सँग आबद्ध हुनुभएको छ। सबैलाई पार्टीमा न्यानो स्वागत गर्दछु। को हुन् शोभा छेत्री? GJM का सक्रिय नेत्री शोभा छेत्री BGPM पार्टीमा आबद्ध भएकी छिन्। उनी 2007 सालदेखि नै पार्टीकी संस्थापक सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेकी हुन्। शोभा छेत्रीले आफ्नो राजनीतिक जीवनको सुरुवातमै 13 नम्बर वार्डबाट SDO कार्यालयमा पहिलो आमरण अनशनमा सहभागी भएर आफ्नो संघर्षशील व्यक्तित्वको परिचय दिएकी थिइन्।

संगठनात्मक जिम्मेवारीको दृष्टिकोणबाट हेर्दा उनले 2007 देखि 2016 सम्म 13 नम्बर वार्डकी सचिवको दायित्व सम्हाल्नुका साथसाथै टाउनको कार्यकारिणी सदस्यको पदमा पनि कुशलतापूर्वक काम गरेकी छिन्। यसका अतिरिक्त उनले 2011 देखि 2016 सम्म नगरपालिका वार्ड पार्षदको रूपमा जनताको सेवा गरिन्। पार्टीप्रतिको आफ्नो प्रतिबद्धता र संघर्षको क्रममा उनले 4 महिना जेल जीवन पनि बिताएकी छिन्। यसका साथै 3 वर्षसम्म सेवा निलम्बनको पीडा पनि भोग्नु परेको थियो। यी सबै कठिनाइहरूका बाबजुद उनी आफ्नो राजनीतिक निष्ठामा अटल रहिन्। वर्तमान GJM नारी सँगठनको टाउन सेक्रेटेरीको नेतृत्वमा शोभा छेत्री पार्टीका लागि सक्रिय रूपमा कार्यरत रहेकी छिन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ