IGJF manifesto Darjeeling
IGJF manifesto Darjeeling

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको घोषणा पत्र जारी, छुट्टै राज्यको प्रतिज्ञा

Share this news

आरजेडी सांसद सुर्दन सिंहको संसदमा गोर्खाल्यान्ड प्राइभेट मेम्बर वील पेश गर्ने चर्चा स्वागत योग्य भएको इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवडर्सको भनाइ। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले अलग राज्यको मांगप्रति इमान्दारिता पूर्वक काम गर्ने वाचा गरेको छ। बंगाल विधानसभा चुनावमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टले दार्जीलिङ पहाडको तीनवटा विधानसभा आसनहरू लगायत तराई क्षेत्रका आसनहरूमा पार्टी उम्मेद्वारहरू उठाएको छ। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आज आफ्नो चूनावी घोषणा पत्र जारी गरेको छ। अलग राज्यको मांगलाई घोषणा पत्रको सबैभन्दा माथि राखिएको छ। इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय संयोजक तथा दार्जीलिङ विधानसभा आसनबाट पार्टी उम्मेद्वार अजय एडवडर्सले आरजेडी राष्ट्रिय जनता दल, का नेता तथा सांसद सुर्दन सिंह, संसदमा गोर्खाल्यान्डको प्राइभेट मेम्बर वील ल्याउने खबरलाई स्वागत जनाउँदै आभार ब्यक्त गरेका छन्। कालेबुङको कृषक कल्याण संघको विष्णु प्रसाद छेत्रीको धर्म पत्नीले आरजेडी नेता तथा सांसद सुर्दन सिंहसंग भारतीय गोर्खा हरूको दीर्घकालीन मांग अलग राज्य गोर्खाल्यान्डमाथि चर्चा गर्दा सांसद सिंहले संसदमा गोर्खाल्यान्डको प्राइभेट मेम्बर वील पेश गर्ने चर्चा भएको सुन्नमा आयो अनि यो अति नै खुशीको विषय भएको संयोजक एडवडर्सले बताए। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो घोषणा पत्रको टुप्पोमा अलग राज्यको मांगलाई प्राथमिकताको साथ उलेख गरेको छ। घोषणा पत्र भनेको पार्टीको प्रतिज्ञा हो अलग राज्य गोर्खाल्यान्डको मांगप्रति हामी इमान्दार रहेको संयोजक एडवडर्सले बताए। तिनले अघि भने, आजसम्म दार्जीलिङको सांसदले गोर्खाल्यान्डको वील संदनमा पेश गर्नु त टाडोको विषय तर सांसद कहाँ छ भनेर खोज्नु पर्दैछ यो कस्तो विडम्बना ? भन्दै अजय एडवडर्सले प्रश्न तेर्साए। इण्डियन गोर्खा जन शक्ति फ्रण्टको घोषणा पत्रमा सही राजनीतिक प्रतिनिधित्वका लागि न्यायसंगत सीमाकंन, छोडिएका गोर्खा समुदायहरूलाई अनुसूचित जन जातिमा समाबेश गर्ने, चिया बगानका श्रमिकहरूलाई श्रम सम्मान सहित न्युनतम मजदुरी सुनिचित गर्ने रहेका छन्। त्यसरी नै इण्डियन गोर्खा जन शक्ति फ्रण्टले अलग राज्यको मांगलाई प्रमुखताको साथ उठाउने, गोर्खाहरूको पहिचान अनि सम्मानको मुद्दा स्थायी समाधान नभएसम्म राज्य र केन्द्र दुवै स्तरका विधानसभा, संसद र अन्य सबै निरन्तर रूपमा उठाउने बताए। मिरिकलाई नोटिफाइट एरियालाई स्तरोन्नति गर्ने दिशामा काम गर्ने, दार्जीलिङ नगरपालिकालाई शहरीय प्रशासन र पूर्वाधार विकाश सुधार गर्न पूर्ण नगर निगममा स्तरोन्नति गर्ने, लेप्चा भाषालाई भारतीय संविधानको आठौं अनुसुचिमा समाबेश गर्ने दिशामा काम गर्ने, तराई डुवर्सको 398 वटा मौजाहरू पहाडिया क्षेत्रहरूमा समाबेश गर्ने घोषणा-पत्रमा उल्लेख गरिएको छ। यस लगायत अन्य जनहित कार्यहरू हामीले हाम्रो घोषणा पत्रमा समाबेश गरेको पार्टी केन्द्रीय संयोजक अजय एडवडर्सले बताए।

Share this news
आजको रोजाइ
रामपुर चेकपोस्टमा ट्रक रोकेर घूस माग्ने दुई एमभीआई अधिकारी निलम्बित, भ्रष्टाचार विरुद्ध छानबिनको आदेश

रामपुर चेकपोस्टमा ट्रक रोकेर घूस माग्ने दुई एमभीआई अधिकारी निलम्बित, भ्रष्टाचार विरुद्ध छानबिनको आदेश

नयाँ दिल्ली प्रदर्शन: अन्ना हजारेले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, हिंसाप्रति दुःख व्यक्त गर्दै रचनात्मक संवादको अपील

नयाँ दिल्ली प्रदर्शन: अन्ना हजारेले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, हिंसाप्रति दुःख व्यक्त गर्दै रचनात्मक संवादको अपील

रङ्बी विभाग, मङ्पूद्वारा डा. प्रेरणा तामाङ र गायिका सिमरन गुरुङ सम्मानित

रङ्बी विभाग, मङ्पूद्वारा डा. प्रेरणा तामाङ र गायिका सिमरन गुरुङ सम्मानित

मोदी सरकारको कार्यकालमा देशको शिक्षा प्रणाली कमजोर भएको कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको गम्भीर आरोप

मोदी सरकारको कार्यकालमा देशको शिक्षा प्रणाली कमजोर भएको कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको गम्भीर आरोप

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरबाट उपकरण ढुवानी गरिने

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरबाट उपकरण ढुवानी गरिने

छोटा टिङलिङ–खोप्रेल सडक जीर्ण बन्दै, जोखिमपूर्ण यात्राले स्थानीय चिन्तित

छोटा टिङलिङ–खोप्रेल सडक जीर्ण बन्दै, जोखिमपूर्ण यात्राले स्थानीय चिन्तित

रेलवे निष्कासन सुनुवाइ: सिलगढीका बासिन्दालाई कटिहार जानुपर्ने बाध्यता हट्यो, स्थानीयस्तरमै सुनुवाइ हुने आश्वासन

रेलवे निष्कासन सुनुवाइ: सिलगढीका बासिन्दालाई कटिहार जानुपर्ने बाध्यता हट्यो, स्थानीयस्तरमै सुनुवाइ हुने आश्वासन

फुलबारीमा बिरामी छोरीलाई भेट्न जाँदै गर्दा सडक दुर्घटनामा एक पुरुषको मृत्यु

फुलबारीमा बिरामी छोरीलाई भेट्न जाँदै गर्दा सडक दुर्घटनामा एक पुरुषको मृत्यु

चार दिने बजेट सत्र सफलतापूर्वक सम्पन्न, निर्णयले सिक्किमको समृद्धि र समावेशी विकासलाई गति दिने : मुख्यमन्त्री प्रेमसिंह गोले

चार दिने बजेट सत्र सफलतापूर्वक सम्पन्न, निर्णयले सिक्किमको समृद्धि र समावेशी विकासलाई गति दिने : मुख्यमन्त्री प्रेमसिंह गोले

विश्व ब्याडमिन्टन च्याम्पियनसिप २०२६ को कोर कमिटीमा सिक्किमका सुकान्त दास मनोनित

विश्व ब्याडमिन्टन च्याम्पियनसिप २०२६ को कोर कमिटीमा सिक्किमका सुकान्त दास मनोनित

आजको रोजाइ