Anit Thapa election symbol
Anit Thapa election symbol

आगामी 20 अप्रेल साँझ 6:30 मा सबैले प्रतीकात्मक रुपमा टर्चलाइट बालौं 

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले सबैलाई अनुरोध गर्दै भनेका छन्- “हामी अँध्यारोलाई पनि उज्यालोमा परिणत गर्न सक्छौँ, अझ थप प्रकाश हाल्न सक्छौं।” यसैमाथि सन्देश दिंदै उनले 20 अप्रिलको साँझ 6: 30 बजे सबैले प्रतीकात्मक रुपमा टर्चलाइट बाल्ने अनुरोध गरेका छन्। थापाले भने, अहिलेसम्म पहाडमा चुनाव प्रचार शान्तिपूर्वक ढङ्गमा सम्पन्न भइरहेको छ। अपवादको रुपमा एक दुई ठाउँमा छुटपुट घटना घटेको छ। मेरो कार्यकर्ताहरूलाई अपिल गर्छु कि अब चुनाव प्रचारको रहल समय केवल एक सप्ताह जस्तो छ यी दिनहरूमा पनि प्रचार शान्तिपूर्वक सम्पन्न भएको होस्।

अब हामी विचारको परिवर्तन जनभेला कार्यक्रम सुरु गर्नेछौं विचारको परिवर्तन यात्रा को सम्पूर्ण विवरण यस प्रकार रहेको छ। मिरिकमा 18 अप्रिलको दिन विचारको परिवर्तन यात्रा आयोजना हुनेछ। यस विचारको परिवर्तन यात्रामा सम्पूर्ण मिरिकबासीहरूलाई सहभागी भइदिन अनुरोध गर्दछु। 19 तारिखको दिन कालेबुङमा विचारको परिवर्तन यात्रा आयोजना गरिएको छ । विकासभन्दा पनि विचारको परिवर्तन महत्त्वपूर्ण हो। विकास भइ नै रहेको छ तर विचारमा परिवर्तन आउन अति आवश्यक छ। १९ तारिखको कालेबुङको यात्रामा सम्पूर्ण कालेबुङ बासीलाई सहयात्री बनिदिन अनुरोध गर्दछु।दार्जिलिङमा 20 अप्रिलको दिन विचारको परिवर्तन यात्रा आयोजन हुनेछ। यस यात्रामा बिजीपीएमका उम्मेदवार विजयकुमार राईले सिंहमारीदेखि यात्रालाई अगुवाई गर्नुहुनेछ भने म स्वयं यात्रालाई घुमदेखि नेतृत्व दिनेछु।

himalaya darpan today news

दार्जिलिङबासीलाई अपिल गर्छु जुन किसिमले दार्जिलिङमा शान्ति छाएको छ। अब समृद्धि पनि ल्याउनुपर्छ। हाम्रो विचारको परिवर्तन यात्रामा सहयात्री भइदिन सम्पूर्ण दार्जिलिङवासीलाई अनुरोध गर्दछु। 21 अप्रिलको दिन खरसाङमा विचारको परिवर्तन यात्रा आयोजन हुनेछ। सम्पूर्ण खरसाङबासीलाई यस यात्रामा सहयात्री बनिदिनुहुन अपिल गर्दछु। अहिले हामीले देखिरहेका छौं कि पहाड उज्यालोतर्फ बढिरहेको छ। पहाडमा अझ थप उज्यालो ल्याउन, प्रकाश ल्याउन आगामी 20 तारिक साँझ 6:30 बजे (साढे छ बजे) सम्पूर्ण पहाडका मानिसले आफ्नो आफ्नो घरमा टर्चलाइट बाली दिनु अनुरोध गर्दछु। हामी अध्यारोलाई पनि उज्यालोमा परिणत गर्न सक्छौँ, अझ थप प्रकाश हाल्न सक्छौ भन्ने सन्देश दिन 20 अप्रिलको साँझ 6: 30 बजे सबैले प्रतीकात्मक रुपमा टर्चलाइट बाली पहाडलाई अझ उज्यालो बनाउने अनुरोध गर्दछु।

Share this news
आजको रोजाइ
खरसाङ गर्ल्स फुटबल एकेडेमीको लगातार उत्कृष्ट प्रदर्शन, हिल्स वुमन फुटबल लिग २०२६ मा दार्जिलिङलाई ४–२ ले पराजित

खरसाङ गर्ल्स फुटबल एकेडेमीको लगातार उत्कृष्ट प्रदर्शन, हिल्स वुमन फुटबल लिग २०२६ मा दार्जिलिङलाई ४–२ ले पराजित

रामपुर चेकपोस्टमा ट्रक रोकेर घूस माग्ने दुई एमभीआई अधिकारी निलम्बित, भ्रष्टाचार विरुद्ध छानबिनको आदेश

रामपुर चेकपोस्टमा ट्रक रोकेर घूस माग्ने दुई एमभीआई अधिकारी निलम्बित, भ्रष्टाचार विरुद्ध छानबिनको आदेश

नयाँ दिल्ली प्रदर्शन: अन्ना हजारेले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, हिंसाप्रति दुःख व्यक्त गर्दै रचनात्मक संवादको अपील

नयाँ दिल्ली प्रदर्शन: अन्ना हजारेले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, हिंसाप्रति दुःख व्यक्त गर्दै रचनात्मक संवादको अपील

रङ्बी विभाग, मङ्पूद्वारा डा. प्रेरणा तामाङ र गायिका सिमरन गुरुङ सम्मानित

रङ्बी विभाग, मङ्पूद्वारा डा. प्रेरणा तामाङ र गायिका सिमरन गुरुङ सम्मानित

मोदी सरकारको कार्यकालमा देशको शिक्षा प्रणाली कमजोर भएको कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको गम्भीर आरोप

मोदी सरकारको कार्यकालमा देशको शिक्षा प्रणाली कमजोर भएको कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको गम्भीर आरोप

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरबाट उपकरण ढुवानी गरिने

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरबाट उपकरण ढुवानी गरिने

छोटा टिङलिङ–खोप्रेल सडक जीर्ण बन्दै, जोखिमपूर्ण यात्राले स्थानीय चिन्तित

छोटा टिङलिङ–खोप्रेल सडक जीर्ण बन्दै, जोखिमपूर्ण यात्राले स्थानीय चिन्तित

रेलवे निष्कासन सुनुवाइ: सिलगढीका बासिन्दालाई कटिहार जानुपर्ने बाध्यता हट्यो, स्थानीयस्तरमै सुनुवाइ हुने आश्वासन

रेलवे निष्कासन सुनुवाइ: सिलगढीका बासिन्दालाई कटिहार जानुपर्ने बाध्यता हट्यो, स्थानीयस्तरमै सुनुवाइ हुने आश्वासन

फुलबारीमा बिरामी छोरीलाई भेट्न जाँदै गर्दा सडक दुर्घटनामा एक पुरुषको मृत्यु

फुलबारीमा बिरामी छोरीलाई भेट्न जाँदै गर्दा सडक दुर्घटनामा एक पुरुषको मृत्यु

चार दिने बजेट सत्र सफलतापूर्वक सम्पन्न, निर्णयले सिक्किमको समृद्धि र समावेशी विकासलाई गति दिने : मुख्यमन्त्री प्रेमसिंह गोले

चार दिने बजेट सत्र सफलतापूर्वक सम्पन्न, निर्णयले सिक्किमको समृद्धि र समावेशी विकासलाई गति दिने : मुख्यमन्त्री प्रेमसिंह गोले

आजको रोजाइ