श्रमदानद्वारा निर्मित बाँसघारी-कफीबारी जोड़ने पुल अजयद्वारा उद्घाटन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सद्वारा स्थानीयहरुको श्रमदानद्वारा निर्माण गरिएको मार्गरेट्स होपमुनितिर बाँसघारी र कफीबारीलाई जोड्ने परिवर्तन पुलको उद्घाटन गरिएको छ। उक्त परिवर्तन पुलको उद्घाटन गर्न अघि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सको अगुवाईमा खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईको पक्षमा सोनादामा चुनावी ऱ्यालीको आयोजना गरिएको थियो। उक्त चुनावी ऱ्याली सोनादाको पेट्रोल पम्पदेखि शुरु भएर सोनादा बजार परिक्रमा गर्दै सरस्वती डाँडासम्म आयोजना गरिएको थियो। उक्त चुनावी ऱ्यालीपछि एडवर्ड्सले मार्गरेट्स होप मुनि पुगेर मार्गरेट्स होपमुनितिर पुगेर बाँसघारी र कफीबारीलाई जोड्ने परिवर्तन पुल नामक झोलुङ्गे पुलको उदघाटन गरेका हुन्‌‍।

उक्त झोलुङ्गे पुल स्थानीयहरुले श्रमदान गरेर छ महिना लगाएर निर्माण गरिएको छ। यस झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सले सम्बोधन गर्दै भने, यो परिवर्तन पुल स्थानीयहरुको श्रमदानद्वारा निर्माण गरिएको हो र यसको सम्पूर्ण श्रेय स्थानीयहरुलाई नै जान्छ। स्थानीय मानिसहरुले लामो समयसम्म यहाँ पुल निर्माणको लागि सरकारको आशा गरेर पर्खिरहे पनि सरकारले बनाई दिएन र स्थानीयहरुको श्रमदानद्वारा यो पुल निर्माण गरिएको हो। यो परिवर्तन पुल छ महिना लगाएर निर्माण गरिएको हो।अजय एडवर्ड्सले खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उम्मेद्वार बन्दना राईको लागि स्थानीयहरुलाई भोटको अपिल गर्दै सेतो केश भएकोलाई होइन तर कालो केश भएको बहिनीलाई भोट दिएर जिताउने आह्वान्‌‍ गरेका छन्‌‍। उनले यस परिवर्तन पुलको निर्माणमा श्रमदान गरेर साथै सामानहरु दिएर सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्‌‍।

यस पुल उद्घाटन कार्यक्रममा खरसाङ विधानसभा समष्टिकी उम्मेद्वार बन्दना राईले सम्बोधन गरेका थिए। यस परिवर्तन पुलको उद्घाटन कार्यक्रममा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको वरिष्ठ सदस्य एनबी खवास लगायत केन्द्रीय र स्थानीय नेतृत्वहरु उपस्थित रहेका थिए। स्थानीयहरुको श्रमदानद्वारा निर्माण गरिएको यस परिवर्तन पुलले स्थानीयहरुलाई धेरै सुविधा हुने भएको छ। यस पुलको निर्माण साथै उदघाटन गरिएकोमा स्थानीयहरुले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सलाई धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ