Amar Lama campaign Kurseong
Amar Lama campaign Kurseong

अमर लामाले चिया बगानका श्रमिकहरूले निम्ति विशेष काम गर्ने

Share this news

खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्‌‍। उनले आफ्नो जीत पक्का पक्की रहेको दाबी गर्दै खरसाङ विधानसभा समष्टिको 16 वटै समष्टिहरुमा चुनावी प्रचार प्रसार र चुनावी सभाहरूमा सबैबाट राम्रो रेस्पोन्स पाएकोले आफु जीतप्रति आशावादी रहेको बताएका छन्‌‍।

उनले खरसाङ्मा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, चुनावपछि मलाई खरसाङ्का जनताले सजिलै भेट्न सक्नेछ किनभने म खरसाङ्मै बस्नेछु र मेरो खरसाङ्मै कार्यालय हुनेछ साथै मिरिकमा पनि कार्यालय हुनेछ। अमर लामाले अघि भने, विधायक बनेर गएपछि विशेष गरेर चियाबारी श्रमिकहरुको न्यूनतम रोजगारको लागि काम गर्नेछु। यसको साथै सिन्कोना बगानको श्रमिकहरुको हाजिरा वृद्धि, सिन्कोना बगानको जमीनको मालिकनामा हक दिलाउन काम गर्नेछु। डीआई फण्डको कामको कुरा छ। खरसाङ्मा पार्किङ्को समस्या समाधान गर्न काम गर्नेछु, खरसाङ महकुमा अस्पतालको अपग्रेड गर्न काम गर्नेछु, युवाहरुका लागि स्पोट्स अकादमी खोल्ने योजना छ। स्किल डेभलपमेन्ट इन्स्टिट्युट खोल्ने, रोहिणी र पेशोकमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने, सुखे पोखरी खण्ड ठूलो भएकोले सोनादा क्षेत्रको लागि अलग्गै खण्ड बनाएर सोनादामा खण्ड कार्यालय बनाउने, सोनादामा अग्निशमन केन्द्र बनिरहेको अनि मङ्पू र तीनधारे क्षेत्रमा अग्निशमन केन्द्र निर्माण गरिने बताएका छन्‌‍।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले चियाबारी श्रमिकहरुको लागि स्पेसियल टेक लिएर काम गर्ने भएका छन्‌‍। उनले विशेष गरेर चियाबारी श्रमिकहरुको लागि न्यूनतम रोजगारको लागि आवाज उठाउने र यसलाई लागि गराउन विधानसभाा पुगेर आवाज उठाउने भएका छन्‌‍। उनले श्रमिकहरुको स्वास्थ्य बीमा विषयमा कुरा चलिरहेकोले चुनावपछि कुरा उठाउने बताएका छन्‌‍। उनी बीएससी र एलएलबी गरेका एकजना शिक्षित व्यक्तित्व, अनुभवी राजनीतिज्ञ भएकोले जनताको लागि काम गर्न सक्षम हुने भएका छन्‌‍। उनले एकजना अधिवक्ताको रूपमा विगत 37-38 वर्षदेखि काम गर्दै आएका छन्‌‍ भने उनले लामो समयदेखि श्रमिकहरुको हितको लागि पनि विभिन्न काम गर्दै आएका छन्‌‍। उनले एउटा युनियन पञ्जीकरणमा पनि गरिदिएका थिए भने चियाबारी श्रमिकहरुका लागि जोइन्ट फोरममा रहेर कार्य गर्दै आएका थिए।

उनले 2017 मा चियाबारी श्रमिकहरुको बोनसको लागि बसेको सर्वदलीय सभामा बोनस विषयमा मुख्यमन्त्रीलाई सम्झाएर बुझाएर बोनस दिलाउन सक्षम भएको पनि दावी गरेका छन्‌‍। एक प्रश्नको उत्तरमा अमर लामाले भने, आफु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव भएकोले पार्टीको सांगठनिक गतिविधिको लागि महासचिव साथै विधायकको रुपमा पनि काम गर्न तयार रहेको बताएका छन्‌‍। खरसाङ विधानसभा समष्टिमा यसपालीको चुनावमा सातजना उम्मेद्वारहरु चुनाउ मैदानमा उत्रिएकाले कोसित बेसी प्रतिस्पर्धा हुनेछ भन्ने प्रश्नको उत्तरमा लामाले भने, प्रतिस्पर्धा सातैजनासित हुनेछ। तर मेरो लागि च्यालेञ्च भनेको मैले दिएको आश्वासनहरु पूरा गर्नु ठूलो च्यालेञ्ज हुनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ