Raju Bista Campaign Siliguri
Raju Bista Campaign Siliguri

केन्द्रिय मन्त्री गजेन्द्र सिंहलगायत सांसद राजु बिष्टले गरे बागडुग्राको दौडाह

Share this news

दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले सोमबार बागडुग्राका गोर्खे सन्तानहरूसँग भलाकुसारी गरेका थिए। ठूलाबड़ाहरूको आशीर्वाद थाप्ने, दौँतरी साथीहरूसँग सुख-दुःखका कुराहरू साझा गर्ने, नवपालुवा भाईबैनीहरूका सपनाहरूसँग साक्षात्कार गर्ने अनि हाम्रा समस्या, पीड़ा अनि चीरकालिक आकांक्षाहरू बारे अन्तर्क्रिया गरेका थिए। स्वतन्त्रता प्राप्त भएको यतिका वर्षपछि पनि पश्चिम बङ्गालमा रैथाने गोर्खाहरूको चिनारीको प्रश्न, संवैधानिक हक-अधिकारहरूबाट वञ्चित रहनुको पीड़ा, राज्य सरकारमा एकपछि अर्को विभिन्न राजनीतिक पार्टीहरूद्वारा सधैँ अवहेलित र तिरस्कृत रहिआउनु परेको वास्तविकताको पृष्ठभूमिमा यसपटक राज्यमा सत्ता परिवर्तन आवश्यक छ भन्ने जन-भावना रहेको छ।

सांसद बिष्टले भने, गोर्खाहरूले आफ्नो माटो, भाषा, संस्कृति अनि स्वाभिमानको संघर्षमा आफ्ना असंख्य वीर-वीराङ्गनाहरू गुमाएका छौँ। हाम्रा शहीदहरूको रगतले हामीलाई हाम्रो अस्तित्वको लड़ाइँमा सधैँ उत्प्रेरित गरिरहेको छ। वर्तमानमा सत्तारूढ़ टीएमसी सरकारको गोर्खाहरूप्रति अत्यन्तै भेदभावपूर्ण र दमनकारी नीति रहिआएको छ।

लोकतान्त्रिक प्रणालीमा निर्वाचन एक यस्तो माध्यम र हतियार हो जसको प्रयोग गरेर हामीले आफ्नो भविष्यलाई सपार्न सक्छौँ। बितेका दशकमा केन्द्रमा बीजेपी सरकारले अनेकौँ जटिल राष्ट्रीय मुद्दाहरूको समाधान गर्ने जाँगर अनि हिम्मतको प्रदर्शन गरेको छ। यसपटकको चुनाउमा हामी सबैले होस्टेमा हैँसे गरेर पश्चिम बङ्गालमा बीजेपीको सरकार बन्ने निश्चित छ, र हाम्रा चीरकालिक मागहरूको समाधान अवश्यम्भावी छ।

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा हामी गोर्खाहरूले अवश्य न्याय पाउने छौँ भन्ने पूर्ण विश्वास भएको बताउँदै यसको प्रतिध्वनि जन-जनबाट उद्घोष भइरहेको बयान दिए। सांसद बिष्टले सबै आमा-बाबा, दाजुभाई-दिदीबैनीहरूलाई आफ्नो बहुमूल्य मताधिकारको प्रयोग बीजेपी गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गर्नुहुन अनुरोध गरे। उक्त टोलीमा भारतका माननीय पर्यटन तथा सांंस्कृति मंत्री श्री गजेंद्र सिंह शेखावतज्यु र भाजपा माटीगरा- नक्सलबाड़ी उम्मेदवार श्री अनादमय बर्मनको उपास्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ