शान्ता छेत्रीले पार्टीको टिकट पाएका प्रार्थीहरूलाई दिए बधाई

Share this news

खरसाङ, (निसं)ः पूर्व राज्यसभा सांसद तथा तृणमूल कंग्रेस दार्जीलिङ अनि कालेबुङ पहाड़का अध्यक्ष शान्ता छेत्रीले आगामी विधानसभा चुनाउको निम्ति पार्टीको टिकट प्राप्त गर्ने सम्पूर्ण उम्मेद्वारहरूलाई बधाई दिएकी छिन्‌‍। छेत्रीले उम्मेद्वारहरूलाई बधाई दिँदै यो मात्र एउटा पार्टीको टिकट होइन, यो जनताको सेवा गर्नको निम्ति पार्टीद्वारा प्रकट गरिएको सत्यता, विश्वास, उत्तरदायित्व पनि हो भनेकी छन्‌‍। छेत्रीले पार्टी प्रमुख तथा मुख्यमन्त्री ममता ब्यानर्जीप्रति कृतज्ञता प्रकट गर्दै ब्यानर्जीको अथक प्रतिबद्धता, निःस्वार्थ नेतृत्वले आफूहरूलाई निरन्तर मार्गदर्शन अनि प्रेरित गरिरहेको पनि बताएकी छन्‌‍।

छेत्रीले तृणमूल कंग्रेस महासचिव अभिषेक ब्यानर्जीलाई पनि धन्यवाद दिँदै अभिषेक ब्यानर्जीको उम्मेद्वार चयन गर्ने तरिकाले साच्चै पार्टीको आत्म र महत्वलाई दर्शाएको छ। यो हामी सबैको निम्ति उदाहरणीय क्षण बनेको छ। म सम्पूर्ण पार्टी उम्मेद्वारहरूको साथमा उभिएकी छु अनि प्रत्येक सम्भव सहयोग पुऱ्याउनेछु। हामी सबै एक परिवार भएर अघि बढ़न पर्नेछ भनेकी छन्‌‍। छेत्रीले उम्मेद्वारहरूलाई जनता सम्म पुगेर तिनीहरूको आवाजलाई सुन्ने, बुझ्ने, तिनीहरूको संघर्षलाई बुझ्ने, तिनीहरूको समस्या समधानको निम्ति इमान्दारी पूर्वक काम गर्ने अनुरोध पनि गरेकी छन्‌‍। छेत्रीले भनेकी छन्‌‍, म विश्वस्त छु, हामी फेरि एक पल्ट तृणमूल कंग्रेसलाई सत्तामा ल्याएर चौथो पल्ट सरकार गठन गर्न ऐतिहासिक रुपमा सक्षम हुनेछौँ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ