जीटीए टीएमसीद्वारा सञ्चालन भइरहेको आईजेएफको आरोप

Share this news

खरसाङ,  (निसं)ः वर्तमानमा प्रजातान्त्रिक मोर्चाद्वारा सञ्चालित जीटीए व्यवस्था पश्चिम बङ्गाल राज्यको त्रिणमूल कंग्रेस सरकारले चलाएको र जीटीए मुख्य कार्यापाल अनित थापा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको कठपुतली हुन्‌‍ भन्ने इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को आरोप छ।

पार्टीको पक्षबाट आईजीजेएफ खरसाङ महकुमा समिति प्रचार प्रसार सचिव दया देवानले उक्त आरोप लगाउदै भनेका छन्‌‍, आउँदो अप्रेल महिनामा सम्पन्न हुने पश्चिम बङ्गाल राज्य विधानसभा चुनावमा दार्जीलिङ पहाड़को तीनवटा आसनमा वर्तमान जीटीए व्यवस्थामा सत्तासीन पार्टी भागोपमोले अघिबाटै आफ्नो पार्टी उम्मेद्वारको नाम घोषणा गरिसकेको छ। जुन पार्टीलाई पश्चिम बङ्गाल राज्य तृणमूल सरकारको पूर्ण आशीर्वाद रहेको छ। कारण राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरिसकेकी छन्‌‍ कि जीटीए मुख्य कार्यापाल अनित थापाको अनुरोधमा राज्यको तृणमूल कंग्रेस पार्टीले दार्र्जीलिङ पहाड़को तीनवटा आसनमा पार्टीको उम्मेद्वार खड़ नगर्ने निर्णय लिएको छ।

उक्त तीनवटा आसनमा प्रजातान्त्रिक मोर्चाको उम्मेदवारलाई तृणमूल कंग्रेस पार्टीले सघाउने ममता ब्यानर्जीको घोषणाले स्पष्ट बुझाउँछ कि वर्तमान दार्जीलिङ पहाड़मा प्रजातान्त्रिक मोर्चाद्वारा सञ्चालित जीटीए व्यवस्था पश्चिम बङ्गाल राज्यको त्रिणमूल सरकारले चलाइरहेको छ र वर्तमान जीटीए मुख्य कार्यापाल अनित थापा राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जीको कठपुतली हुन्‌‍। यसैले गर्दा यो कठपुतलीद्वारा सञ्चालन गरिरहेको जीटीए व्यवस्थाका मुख्य कार्यापाल अनित थापा अनि प्रजातान्त्रिक मोर्चा पार्टीलाई जरैबाट उखेलेर कलकत्ताको नवन्नमा पुऱ्याउन सम्पूर्ण पहाड़का विपक्षीमा रहेका क्षेत्रीय दल लगायत राष्ट्रिय दल जनहितमा एवं जनचाहनामा राजनैतिक सुजबुझ राखेर राजनैतिक एकिकरणमा आउन अति आवश्यक छ। देवानले अघि भनेका छन्‌‍, यो वर्तमान दार्जीलिङ पहाड़मा परिवर्तित राजनैतिक परिवेशले जन्माएको एउटा बुलन्द आवाज हो। भ्रष्टचार मुक्त पहाड़, गोर्खा जातिको उन्मुक्ति लगायत युगौदेखि यो भूभागमा बसोबासो गर्दै आएको गोर्खा जातिको भूभागको सुरक्षा हेतू प्रजातान्त्रिक मोर्चा र यसका केन्द्रीय अध्यक्ष अनित थापाको विकल्प समयको माग हो। त्यसर्थ, पहाड़का विपक्षी राजनैतिक दलहरूले आ-आफ्नो राजनैतिक स्वार्थ त्यागेर सबै एकबद्ध भएर प्रजातान्त्रिक मोर्चाका उम्मेदवार बिरूद्ध चुनाव लड़ने आह्वान गर्दछु, यो समयको माग हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ