खरसाङमा दुई घर जलेर ध्वस्त

Share this news

खरसाङ (मोहन प्रसाद): खरसाङ दमकल केन्द्र रहेको माथिल्लो क्षेत्रमा दुईवटा आगलागीको घटनामा एउटा घर पूर्णरुपमा जलेर स्वाहा भएको छ। भाग्यवश, यस आगलगीको घटनामा कसैलाई केही भएन, अग्निकाण्डबाट सबै सुरक्षित रहे।
प्राप्त जानकारी अनुसार, शुक्रबार दिउँसो लगभग 3 बजे अग्निशमन केन्द्रको माथिल्लो क्षेत्र सन्त अल्फनसस स्कूलमाथि पूर्व शिक्षक डेनियल प्रधानको आवासमा एक्कासी आगो लागेको देखियो ।
आगो लागेको घरको चारै दिशामा धेरै घरहरू रहेकोले आगो पूर्णरुपमा फैलन अघि नै आगो सरह खबर पनि क्षेत्रमा फैलिएको थियो । फलस्वरूप, आगो लागेको घरको मुनिलो क्षेत्रमा रहेको खरसाङ अग्निशमन केन्द्रका कर्मचारीहरूले पनि आगोको खबर पाउनसाथै पूर्ण तत्परताको साथमा घटना स्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउने कार्य गरे अनि आगो छेउछाउको घरमा नफैलियोस्‌‍ भनी तत्परताको साथमा कार्य गरे। खरसाङ दमकल केन्दको दुईवटा फायर इञ्जिन सन्त अल्फनसस स्कूलको मैदानमा राखेर आगो निभाउने कार्य गरियो ।
अर्को तर्फ, आगोको खबर सुन्न साथ खरसाङ शहर चिम्नी देवराली समष्टिका जीटीए सभासद श्याम शेर्पा घटनामा पुगेर आगो निभाउन सहयोग गर्दै घटनाको जायजा लिए, तिनले राहत कार्यमा स्वयं उपस्थित रहेर सहयोग गरे।
यस अग्निकाण्डको विषयमा पत्रकारहरूसित बोल्दै श्याम शेर्पाले जनाए अनुसार, पूर्व शिक्षक स्व0 डेनियल प्रधानको घरमा आगो लागेको थियो। उक्त घरमा परिवारका तीन सदस्यहरू बस्ने गर्थे। भाग्यवश घटनाको अवधि कसैलाई केही चोटपटक लागेन, सबै सुरक्षित रहे। तिनले थप जनाए अनुसार, आगो के कारणले लागेको अहिले नै केही जानकारी पाउनु सकिएको छैन। तिनी स्वयं घटना स्थलमा रहेर पीड़ित परिवारहरूलाई आपातकालीन सहयोग प्रदान गरिएको छ। घटनाको बारेमा तिनले जीटीए प्रमुख कार्यपाल अनित थापालाई पनि जानकारी गराएका छन्‌‍। तिनले यो पनि बताए कि पूर्व शिक्षक स्व0 डेनियल प्रधानको त्यहाँ रहेको दुईवटा घरनै आगोले पूर्णरुपमा क्षतिग्रस्त भएका छन्‌‍। श्याम शेर्पाले पीड़ित परिवारलाई जीटीए एवं सरकारको पक्षबाट प्रदान गरिने राहत अनि सुविधा प्रदान गरिनेछ भनी बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ